कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

साताको साहित्य पुरस्कार कवि सायनलाई

यस बर्षको साताको साहित्य पुरस्कार काठमाडौँमा कवि रमेश सायनलाई प्रदान गरिएको छ । कवि श्यामलको प्रमुख आथित्यतामा र साताको साहित्य डटकमका सम्पादक निष्प्रभ सजीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कवि सायनलाई नगद बीस हजार र ताम्रपत्र प्रदान गरिएको थियो ।

 कार्यक्रममा तुलसीहरी कोइराला, मधु पाठक, ठाकुर बेलबासे, ध्रुव मधिकर्मी लगायतका साहित्यकारहरूको उपस्थिति थियो । साताको साहित्यमा बर्षभरी छापिएका रचनाहरूमध्ये बाट पाठक प्रतिक्रया र निर्णायकहरू संयुक्त निर्णयको आधारमा उत्कृष्ट मानिएको रचनालाई यो पुरस्कार प्रदान गरिन्छ ।