कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

बैंमानीले (गजल)



मुना मन सिग्देल
इजरायल

बैंमानीले कतै स्वार्थ, लुकाउन सक्ला
शिसा जस्तै मनको चाह फुटाउन सक्ला

समयको खेल होयो, कस्को बशमा हुन्छ?
कहिले त फूलले पनि, दु-खाउन सक्ला

म कसरी पठाउँला, बिदाईको तस्बीर ?
सम्झनाले उसैगरी रुवाउन सक्ला

भो नदुख छल्किएको, आसुँसँग तिमी
पक्कै कोही तग्दीरमा जूटाउन सक्ला

फूल जस्तै हो जीबन फुलेर झर्छ पनि
मुस्कान देखाऊन आसुँ छुपाउन सक्ला