कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

भानुभक्त आचार्य द्विशतवाषिर्की समारोह समिति गठन

        राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको द्विशतवाषिर्की मनाउन सरकारले आदिकवि भानुभक्त आचार्य द्विशतवाषिर्की कार्यकारी समितिको गठन गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सचिव सुशील घिमिरेको अध्यक्षतामा गठित समितिको कार्यकारी समितिको उपाध्यक्षमा श्रीमती इन्दिरा प्रसाई र प्राडा महादेव अवस्थीलाई मनोनित गरिएको छ ।

     त्यसैगरी प्राडा उषा ठाकुर, गणेश रसिक, श्रीओम श्रेष्ठ ‘रोदन’लाई सदस्यमा मनोनयन गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य र भानु जन्मस्थल विकास समितिका अध्यक्ष सदस्य रहने व्यवस्था छ भने सदस्य-सचिवमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव भरतमणि सुवेदी रहनुभएको छ ।