कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

दयाकृष्ण राईको कथाकृति विमोचित


बेलायत प्रवासी साहित्यकार दयाकृष्ण राईको कथा सङ्ग्रह ‘गन्तव्यहीन यात्रीको सपना’ बजारमा आएको छ । राजधानीमा आयोजित कार्यक्रममा नेपाल प्रज्ञाप्रतिष्ठानका सदस्यसचिव सनत रेग्मीले उक्त कथा सङ्ग्रह विमोचन गरे । नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा प्रकाशित उक्त कथा सङ्ग्रहमा ११ वटा कथा समाविष्ट छन् ।

गन्तव्यहीन यात्रीको सपनाका साथै खसमको प्रतीक्षामा शान्तिमाया, सबैलाई देख्छु जोडीमा जोडी, सेतुमान र साम्राज्यवाद, गीतकारसँग अन्तरसंवाद, बेलायती कोइली चरी, दुर्गम गाउँबाट सहर पसेको ढिंडो, देशकुमारको नाटकीय जीवन, जीवनको रङ, अस्तित्व र अनिष्टसूचक सपना शीर्षकका कथा सङ्ग्रहित छन् ।

यसअघि कविता र निबन्धसम्बन्धी चारवटा कृति प्ररकाशन गरिसकेका भूपू गोरखा सैनिक राईले आफ्नो अनुभवका आधारमा कथा लेखेको बताए । ‘यस हिसाबले मलाई अकथाकार घोषणा गरे पनि हुन्छ,’ उनले भने ।