गजल - ईश्वर ढकाल
![]() |
ईश्वर ढकाल |
पर्ख सौरपानीको तारा बनेर आउँला ।।
शहरतिर तिम्रो जस्तो महल छैन मेरो
झर्दा सौरपानी सर्वहारा बनेर आउँला ।।
दुःखमाथि दुःखीलाई डस्ने तिम्रो बानी
म फिर्दा दुःखको साहारा बनेर आउँला ।।
भोक चार्को भण्डारी र ठोटनेरीतीर
पर्ख म भोकाको चाहारा बनेर आउँला ।।
दुख्यो मातृभूमि सोच्ने यहाँ कोही छ ?
सौरपानी म सुखको बहारा बनेर आउँला ।।