कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

नोबेल पुरस्कार बिजेताद्वारा क्यालिफोर्नियामा नेपाली खानाको पुस्तक बिमोचन



ध्रुव थापा,  अंग्रेजी भाषामा नेपाली खानाको पुस्तक एक कार्यक्रमका बिच नोबेल पुरस्कार बिजेता अतिथि डग्लस ओसेरोफद्वारा बिमोचन भएको छ ।

क्यालिफोर्नियाको बर्क्ली स्थित नेपाली रेस्टुरेन्ट “टेस्ट अफ द हिमालयज” को ९ औ बार्षिक उपलक्ष्यमा ध्रुव थापाद्वारा लिखित अंग्रेजी भाषामा नेपाली खानाको पुस्तक कार्यक्रमको प्रमुख अतिथि नोबेल पुरस्कार बिजेता  डग्लस ओसेरोफद्वारा बिमोचन गरिएको हो । उक्त कार्यक्रममा नोबेल पुरस्कार बिजेता लगायत, रेडियो प्रस्तोता, योगगुरु हास्य कलाकार वेस निस्कर, कबि तथा जीव बैज्ञानिक डेविड सिबोर्ग, योग गुरु तथा लेखिका किम्बर सिम्किन, बिभिन्न  लेखक तथा  बक्ताहरु आमन्त्रित गरिएको थियो।

कार्यक्रमको पहिलो चरणमा तीन सय भन्दा धेरै अमेरिकी लगायत उल्लेखनीय नेपाली आमन्त्रित महानुभावहरुलाई निसुल्क रात्रि भोज खुवाइएको जानकारी रेस्टुरेन्टका  संचालक तथा कार्यक्रम संयोजक राजेन थापाले दिएका थिए।  आज भन्दा ९ बर्ष अघि स्थापना गरिएको यस रेस्टुरेन्ट  बर्क्लीकै उत्कृस्ट भनेर अमेरिकन क्रोनिकल ले लेखि सकेको छ।  दुइ भागमा विभाजित दोश्रो चरणको पहिलो कार्यक्रममा रेस्टुरेन्ट को  तर्फबाट गोविन्द साहीले स्वागत मन्तब्य गर्दै यहाहरुको माया र प्रोत्साहन कै कारण आज नवौ बर्षमा प्रवेस गर्न सकेको जानकारी गराउनु भयो।


ध्रुव थापा द्वारा लिखित पुस्तक “टेस्ट अफ द हिमालयज” को बिमोचन प्रमुख अतिथि नोबेल पुरस्कार बिजेता  डग्लस ओसेरोफ्ले गरेका थिए।  लेखक तथा कवि ध्रुव थापाले आफ्नो किताबको बारेमा जानकारी गराउदै सबैलाई यो पुस्तक किनी दिन समेत आग्रह गरेका थिए, लगभग चार बर्ष लगाएर लेखेको उक्त पुस्तकमा नेपाली तथा हिमालयन क्षेत्रका खानाहरु समावेस गरिएको र अन्तरास्ट्रिय बजारमा नेपाली खाना लाइ केहि हद सम्म भएपनि चिनाउन यस पुस्तकले सहयोग गर्ने जानकारी गराउदै यदि यहाहरुको सहयोग र प्रोत्साहन पाए यस पुस्तकको दोश्रो , तेश्रो खण्ड समेत निकाल्न सक्ने जानकारी गराएका थिए ।

यस पुस्तकको फोटोहरु जेमी सोजाले खिचेका थिए जो अमेरिकाकै एक प्रतिष्ठित फोटोग्राफर  हुन्, जसले अमेरिकी रास्ट्रपति बराक ओबामा , धर्म गुरु दलाइ लामा, माइक्रो सफ्ट का बिल गेट्स  जस्ता व्यक्तित्वहरुको आधिकारिक फोटोग्राफर को रुपमा काम गरिसकेका छन् भने केहि खानाका किताब हरुको  र सेलेब्रिटी सेफ हरुको समेत फोटो खिची सकेकाछन ।

ठुलो आकार र सुन्दर तस्बिरहरु  रहेको उक्त पुस्तकलाई धेरैले मन पराएका थिए भने नेपाली खानालाई अमेरिकामा समेत प्रबर्धन गरेकोमा बे एरियामा रहेका नेपाली संघ संस्थाका प्रतिनिधिहरु , समाज सेवी , नेपाल पर्यटन बोर्डका प्रतिनिधि लगायत धेरै अमेरिकीहरुले मुक्त कण्ठले प्रसंशा गरेका थिए ।





योगा कुलाको हालमा योजना गरिएको दोश्रो चरण को कार्यक्रममा दर्शक हरुले विभिन्न बक्ताहरुको बिबिध बिषयलाइ बडो आनन्द का साथ् सुनेका थिए भने धेरैको हातमा नेपाली खानाको किताब देखिन्थ्यो ।  उक्त पुस्तकमा  लेखकको हस्ताक्षर लिन समेत धेरैले आग्रह गरि रहेको देखिन्थ्यो भने धेरै जना कार्यक्रमको अन्तमा  समेत आएर नेपाली खानाको स्वाद लिई रहेका थिए।  कार्यक्रममा योग गुरु किम्बेर् ले आफ्नो पुस्तक लगायत नेपालको इटहरीमा रहेको स्कुलको बारेमा जानकारी गराएकी थिइन् , जहाँ उनि स्वयम् केहि बर्ष अघि अवलोकन भ्रमण गर्न समेत गएकी थिइन् ।

कार्यक्रमको अन्तमा रेस्टुरेन्ट को  तर्फ बाट  लक्ष्मी चौधरीद्वारा धन्यबाद मन्तब्य दिइएको थियो  । टेस्ट अफ द हिमालयज संगै योगा कुलाले पनि बिसेष कार्यक्रम गरेको उक्त कार्यक्रमको संचालन योगाकुलाकी संचालिका तथा सन् फ्रान्सिस्को  बे एरियाकी फिल्म मेकर सरस्वति क्लेरले गरेकी थिइन्।