कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

प्रथम अन्तर्राष्ट्रिय महिला साहित्यिक सम्मेलनको घोषणा


न्यु योर्क, अमेरिका - नेपाली ओमेन डायस्पोरा र एन एण्ड जे इन्टरटेन्मेन्ट इन्क युएसएले फेब्रुवरीको अन्तिम साता अन्तर्राष्ट्रिय नारी दिवसको उपलक्ष्यमा प्रथम अन्तर्राष्ट्रिय महिला साहित्यिक सम्मेलन आयोजना गर्ने निर्णय गरेको छ ।

उक्त साहित्यिक सम्मेलन न्यु योर्क राज्यको कुईन्स शहरमा गरिने भएको छ । यस कार्यक्रमको उद्देश्य नेपालमा बोलिने नेपाली भाषा-साहित्य लगायत अन्य भाषा साहित्यको पनि उत्थान र संरक्षणमा जोड दिनु पर्छ भन्ने रहेको छ ।

कार्यक्रमको विस्तृत विवरण आगामी साता प्रकाशन गरिने जानकारी आयोजकहरुबाट प्राप्त भएको छ ।