कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

तड्पिइरहेका परेवाहरु

कोलहलमा मुस्कुराउँदै : सुन्यताहरु...

राजन अधिकारी 

वीर सिपाही लड्दै थियो
म उसको मलिन अनुहारमा पढ्न सक्थें
ति उदास कथाहरु ,
ति पीडाका गाथाहरु,
ति बैराग्यका डढेलाहरु,
उराठ तथा उदास खण्डरहरु,
भत्किएका आसास्तम्भहरु,
विश्वासघातका दागहरु,


ध्वस्त थियो संसार
आक्रान्त थियो मानव
ब्याकुल थियो जिन्दगी
शोकाकुल थियो ढुकढुकी
          ०
रक्तपिपासुका बोझहरु सहँदै,
आस्तित्वोबिहिन बेदनाका चोटहरु खप्दै
आत्मग्लानीका छालहरु तर्दै
बाधा र विवसताका पर्खालहरु चढ्दै
उ गन्तब्यपथमा लम्कीरहेको थियो
बलिया पाखुरा गुमाईसकेको थियो

किनारका छालहरुबाट जोगिँदै,
खोक्रा ढुंगासंग ठोकिंदै,
सिथिल मनस्थिति बोकी फेरीपनि लड्ने प्रयास गर्छ
तर उ आसफल रहन्छ
षड्यन्त्रको हिलाम्य ओदानमा फस्छ
             ०
ति चिच्चाईएका चित्कारहरु अस्ताउँदै थिए
ति निर्लज आहवानहरु बिलाउँदै थिए
ति अर्धनग्न आशाहरु हराउउँदै थिए
कोलहलमा केवल सुन्यताहरु मुस्कुराउँदै थिए ॥