कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

'सृजनाका यात्राहरु' मा नयाँ बर्षको शुभकामना आदान प्रदान

न्युयोर्क संबादाता - न्युयोर्कका साहित्य अनुरागीहरुलाई समेट्नलाई बिगत ६ बर्षदेखि लागिपरेको 'सृजनाका यात्राहरु 'परिवारले हिजो आइतबार ५ जनवरीको दिन पनि सँधै झैं कार्यक्रमको आयोजना गर्‍यो ।

चिसो मौसम र हिउँको चिप्लो बाटोलाई पार गर्दै भएपनि धेरथोर साहित्यमा रमाउनेहरुको उपस्थिती भने रहेको थियो । कार्यक्रम ठीक ३ बजेबाट शुरु भएको थियो भने सबैले उक्त कार्यक्रममा नयाँ बर्षको शुभकामना दिँदै आ-आफ्ना रचनाहरु बाचन गरेका थिए आ–आफ्ना रचनाहरु बाचन गर्ने क्रममा बिनोद रोक्का, युयुत्सु शर्मा, मनु लोहोरुङ, केशब आचार्य, गिता पन्थ, सुनिता शर्मा, छिरिङ्ग तोक्पे लामा, बिकास बिष्ट, बिरेन्द्रहाङ लिम्बु, कमला प्रसाइें, शहदेव पौडेल हुनुहुन्थ्यो भने चर्चित लोक गायक बिमल डाँगीले 'भुलुँ भुलुँ लाग्यो मलाई' स्व.बिनोद गौचनको शब्द र स्व अरुण थापाको आवाजको गीत र आफ्नो नयाँ लोकभाकाको गीत प्रस्तुत गर्नु भएको थियो ।


यसै कार्यक्रम मार्फत गीतकार स्वर्गिय बिनोद गौचनलाई शब्द श्रद्धान्जली पनि अर्पण गरिएको थियो। कार्यक्रमको संचालन शहदेव पौडेलले गर्नु भएको थियो भने सोही कार्यक्रममा सीता खरेल, मणी बाङ्देल, दीपक रौनियार, बुद्ध चेम्जोङ र डा.राजन थपालियाले सबैलाई नयाँ बर्षको शुभकामना दिनु भएको थियो ।

यो कार्यक्रमको मुख्य दोश्रो प्रस्तुती चाँहि आचार्य प्रभाद्वारा गजल सम्बन्धी केही जानकारी र टिप्पणी थियो भने वहाँले आफ्नो गजल मार्फत नै नयाँ बर्षको शुभकामना प्रस्तुत गर्नु भएको थियो । अन्त्यमा शहदेव पौडेलले कार्यक्रमको समापन गर्नु भएको थियो ।