कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

सुनिल सिँह लाबुङका नयाँ एलबम तथा अनेसासको पाँचौ श्रृङखला


लण्डन – १९ जनवरी २०१४ को दिन एल्मरमिड्स स्थित नर्थ ह्ययारोको बारो अफ ह्यारोको फुटबल क्लबमा गीतकार तथा गायक सुनिल सिंह लाबुङ द्वारा संगीतबद्ध गरेका नयाँ एलबम “कोशेढुङगा”को लोकार्पण अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, बेलायत च्याप्टरका अध्यक्ष डा. रुपक श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो । यस समारोहलाई अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेलायत च्याप्टरकी महासचिव लारा (लक्ष्मि थापा राई)ले सदा झै आफ्नो मिठासपूर्ण शैलीमा कार्यक्रम सञ्चालन गरेकी थिईन् । यस कार्यक्रमलाई गीतकार, संगीतकार तथा गायक सुनिल सिंह लाबुङका नयाँ गीती एलबम लोकार्पणहेतु अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेलायत च्याप्टरले आफ्नो मासिक साहित्यिक कार्यक्रमको अवसर पारेर सपोर्ट गरेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाली साहित्य विकाश परिषद बेलायतका अध्यक्ष खगेन्द्र नेपाली थिए तथा अतिथिहरुमा गायिकाहरु क्रमशः शर्मीला वर्देवा तथा सितु खरेल थिईन् । प्रमुख अतिथि तथा सभाध्यक्ष, सुनिल सिंह लाबुङ तथा अतिथिहरु द्वारा द्वीप प्रज्वलन पश्चात सुरु गरिएको यस कार्यक्रमलाई प्रमुख अतिथि तथा अतिथिहरुले आ–आप्mना मन्तव्यको क्रममा सुनिल सिंह लाबुङलाई शुमकामना व्यक्त गरेका थिए । गीती एलबम्को लोकार्पण प्रमुख अतिथि खगेन्द्र नेपालीका बाहुलीबाट सुसम्पन्न भएको थियो । सुनिल सिंह लाबुङका नयाँ एलबम “कोशे ढुङ्गा”माथि भेटेरन व्याण्डका किरण कुमार सुब्बाले विस्तृत प्रकाश पारेका थिए । भेटेरन व्याण्डबाट सो अवसरमा दुईवटा सुमधुर गीतहरु गाएर समारोहलाई मन्त्रमुग्ध पारेको थियो । स्वयम् सुनिल सिंह लाबुङले आफ्नो केहि भनाई राखे पश्चात नयाँ एलबमबाट दुईवटा गीतहरु गाएर सुनाएका थिए ।

सुनिल सिंह लाबुङका पहिलो एलबम “सम्झनाका पलहरु”को विक्री वितरणबाट प्राप्त रकम तीनसय पाउण्ड क्यान्सर पीडितहरुका लागि आर्थिक मदद गर्नेे “माया आउटरीच”की माला गुरुङलाई सोहि अवसरमा सुनिल सिंह लाबुङले प्रदान गरेका थिए । धन्यवाद प्रकट गर्दै मालाले तारादेवीद्वारा गाएकी एउटा गीत गाएर सुनाएकी थिईन् । यसै अवसरमा अतिथि द्वय सितु खरेल तथा शर्मीला वर्देवाले समेत आ–आफ्ना गीतहरु गाएर सुनाएका थिए । आजको दिनमा लोकार्पण गरिएको गीती एलबमबाट बिक्री वितरण गरेर उठेको रकम दृष्टि नेपाल संस्थालाई आर्थिक सहयोग दिने प्रतिबद्धता सुनिल सिंह लाबुङले जाहेर गरेका थिए । यो कार्यक्रम गीत र कविता वाचनको समारोह भएको हुनाले सर्जकहरु क्रमशः नरेश काङमाङ, भोजराज बराल, कोमल मल्ल श्रेष्ठ तथा सुमल कुमार गुरुङले कविता तथा मुक्तकहरु वाचन गरेर सुनाएका थिए ।

 कार्यक्रममा जलपान र खानाको व्यवस्था स्वयम् सुनिल सिलाले गरेका थिए । अन्तमा आफ्नो मिठो गजल वाचन गर्दै कार्यक्रमलाई अनेसास बेलायत च्याप्टरका अध्यक्ष डा. रुपक श्रेष्ठले धन्यवाद ज्ञापन गरेर समापन गरेका थिए । यस कार्यक्रमका लागि हलको व्यवस्थापन गञ्जा आलेले गरेका थिए ।