कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

गजलमाला र भिमकुमारी शिवाकोटी स्मृति पुरस्कार प्रदान

१० फागुन, मोरङ । उर्लाबारी गजल मञ्च मोरङले गजलमाला र भिमकुमारी शिवाकोटी स्मृति पुरस्कार प्रदान गरेको छ । गजल मञ्चले शनिबार एक कार्यक्रम गरी झापाको विर्तामोडका रहस्यविक्रम चिमोरियालाई गजलमाला पुरस्कार प्रदान गरेको हो । भिमकुमारी स्मृति पुरस्कारबाट झापा बेलडाँगीमा बस्दै आएकी भएकी भूटानी नवोदित श्रष्टा विष्णुमाया तामाङलाई पुरस्कृत गरिएको छ ।
gajalmala-puraskar
भीमकुमारी स्मृति पुरस्कार गजल मञ्चका पूर्वअध्यक्ष कृष्ण उदासीकी बहिनीको स्मृतिमा प्रदान गरिएको हो । दुवै पुरस्कार राशी जनही १ हजार तथा सम्मानपत्र रहेको छ । पुरस्कृत श्रष्टालाई कार्यक्रममा प्रमुख अतिथि दामिनी भीरका लेखक राजन मुकारुङले पुरस्कार प्रदान गरे ।

सोहि कार्यक्रममा मञ्चको पुस्तक ‘सम्बन्ध’को विमोचन पनि गरिएको छ । पुस्ककको विमोचन प्रमु अतिथी मुकारुङ, साहित्यकार उपेन्द्र पागल,मञ्चकी अध्यक्ष सावित्रा याक्खाले संयुक्तरुपमा गरे । कार्यक्रममा पुर्वाञ्चलका श्रष्टाहरुको उपस्थिति थियो । कार्यक्रममा उपस्थित श्रष्टाहरुले रचना वाचन गरे ।
०६५ सालबाट वर्षेनी गजलमाला पुरस्कार वितरण हुदै आएको र गजल मञ्चले हाम्रो अभियान नव श्रष्टाको पहिचान मूल नाराकासाथ साहित्यिक गतिविधि गर्दै आएको मञ्चका सदस्य तेजन खड्काले बताए ।