कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

कुलप्रसाद कोइराला पुरस्कार उप्रेतीलाई

nilakantha upreti
‘डिठ्ठा कुलप्रसाद कोइराला राष्ट्रिय पुरस्कार’ यस वर्ष प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीलाई प्रदान गरिएको छ ।
कोइराला सेवा समाजले २५ हजार र ताम्रपत्रसहितको पुरस्कारले उप्रेतीलाई प्रदान गरेको हो । स्वतन्त्र, निष्पक्ष र पारदर्शी रुपमा संविधानसभाको दोस्रो निर्वाचन सम्पन्न गरी मुलुकलाई द्वन्द्वबाट पार लगाउन गरेको योगदानस्वरुप उक्त पुरस्कार प्रदान गरिएको हो ।