कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

परिश्रमीको ‘पाखण्डको पर्दाफास’ लोकार्पित

काठमाडौँ, माघ २७। साहित्यकार नारायण परिश्रमीद्वारा लिखित व्यङ्ग्यसङ्ग्रह ‘पाखण्डको पर्दाफास’ बजारमा आएको छ। जनसाहित्यिक मञ्च, नेपालले शनिबार यहाँ आयोजना गरेको कार्यक्रममा राष्ट्रिय जनसांस्कृतिक महासङ्घका अध्यक्ष खगेन्द्र राईले सो पुस्तकको लोकार्पण गर्नुभयो। समालोचक प्रा डा.जीवेन्द्रदेव गिरीले लेखकले राजनीतिक तथा सामाजिक विकृतिलाई मसिनो रूपमा कृतिमा सम्बोधन गरेको बताउनुभयो। लेखक परिश्रमीले आफूले तीन दशकदेखि प्राध्यापन र साहित्यका क्षेत्रमा कार्यरत रहँदाका अनुभवका आधारमा पुस्तक तयार गरेको बताउनुभयो। पुस्तकमा दुई दर्जन व्यङ्ग्य(गद्य) र केही कविता समावेश छन्।