कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

उपल्लो जीवन - याक्दुहाङ्ग धिरज

याक्दुहाङ्ग धिरज



केराको पातहरुमा लुकेर
हुर्किरहेका गाँजाहरु जस्तै
शहरका भित्री गल्लीहरुमा,
घोघा–पैनीहरुमा,
एकान्त छहारीहरुमा
गाँजाकै कृपाले
आफ्नै डाक्टर बनेर डुलीरहेछु म ।


धँुवाले निको पार्न खोज्छु रोग
नभएर झोल पनि थप्छु
हुदैन, ट्याव्लेट नि खान्छु
अझै नपुगेर
सिरिन्ज भर्छु नसा–नसामा ।


अनि,
उड्छु माथि–माथि हावासँगै
हावामै सपना बुन्छु
खुसि खोज्छु
भूत र भविष्य खोतल्छु
जीउनुको सार्थकता निचोर्छु
जीवनको अर्थ कोट्याँउछु ।


फेरी एक्कासी,
हावा खुस्केको बेलुन झैँ
खस्तछु भुइँमा
र, सम्झिन्छु आफ्नो दशा
सोँच्दछु मेरो उब्रेको जीन्दगी ।

याक्दुहाङ्ग धिरज
रानीवास : ५, भोजपुर
हाल : विराटनगर