कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

कविता दिवसको सन्दर्भमा काव्य शिविर अभियान घोषणा

विश्व कविता दिवसको सन्दर्भ पारेर शनिबार राजधानीमा काव्य शिविर अभियान घोषणा गरिएको छ । साहित्यमा समयसापेक्ष सिर्जनात्मक क्रमभंग गर्न काव्यिक अन्तरक्रियामा जोड दिने अवधारणासहित अभियान थालिएको पत्रकार सम्मेलनमा बताइयो । अभियानले साहित्यकारबीच काव्यिक अन्तरक्रिया गरी कविता र अन्य विधामा नवीन शिल्प, भाषा र अन्तरवस्तुको खोज गर्ने अभियन्ता विष्णु भण्डारीले बताए । उनले थुप्रै राजनीतिक र सामाजिक परिवर्तनपछि पनि नेपाली साहित्यमा दशकौंअघिको मानक कायमै रहेको दाबी गरे ।

Kabya-Shibirअभियान घोषणापत्रमा चारवटा अवधारणा अघि सारिएका छन्, जसमा शिविरमा सिर्जनात्मक क्रमभंग, सांस्कृतिक सचेतता, सामूहिकता र मौलिकता तथा पहिचानको खोजी रहेका छन् । विष्णुसहित साहित्यकार ऋद्धिरमण घिमिरे, कला अनुरागी, केवल बिनाबी, केशरी अम्गाईं, केशव सिलवाल, चेतनाथ धमला, पारस ढकाल, प्रकाश गुरागाईं, प्रथा, प्रोल्लास सिन्धुलीय, भरतरोदन साउद, माधव घिमिरे, राजु स्याङ्तान र विश्व सिग्देल गरी १५ स्रष्टाले घोषणा पत्रमा हस्ताक्षर गरेका छन् ।