१५ चैत, पोखरा । साहित्यिक पर्यटनको अवधारणालाई आत्मासाथ गर्दै पोखरामा हुँदै आएको साहित्यिक अभियान, अक्षरयात्रा शनिवार पोखराको के आई सिंह पुलमा सम्पन्न भएको छ । गजल सन्ध्या पोखरा र नवनित साहित्य सागर पोखराको संयुक्त आयोजनामा हुने अक्षरयात्राको १०४ औं श्रृंखला पुल स्थित पार्कमा भएको हो ।
पश्चिमाञ्चलका विभिन्न जिल्लामा हुँदै आएको अक्षरयात्रा तद्स्थानमै रचना सृजना गरी वाचन गरीने साहित्यिक अभियान हो । साहित्यक पर्यटनलाई आत्मसाथ गर्दै जिवन र जगतको यथार्थ वोधका लागि अक्षरयात्रा मुल नाराका साथ हुँदै आएको अक्षरयात्रामा साहित्य मार्फत विभिन्न ठाउँको प्रचारप्रसार र उजागर गर्नु मूख्य उद्धेश्य रहेको गजल सन्ध्या पोखराले जनाएको छ । शनिवारको अक्षरयात्रामा साहित्यकारहरुले देशलाई सम्झे, माटोलाई सम्झे, सामाजिक घटनाक्रम र कुरीतिप्रति ब्यङ्ग्य गरे अनि मायाप्रेमलाई कविता, गजल, मुक्तकमा समावेश गरे ।
महिनाको प्रत्येक तेस्रो शनिवार आयोजना हुने अक्षरयात्राको यस श्रृंखलामा अधिकांश तन्नेरीहरुको सहभागीता थियो । अक्षरयात्रामा कपिल शर्मा सञ्जोग, सौगात संघर्ष, लक्ष्मण तिमल्सिना, किसान, अमृत सुबेदी गुराँस, बलराम पूर्णविराम, सुमन लम्साल, मोहन भण्डारी, टिकाराम रेग्मी, कमल पौडे, विष्णु रिजाल, समिर हुमागाई, सन्दिप गौतम, सुमन मुस्कान, भिम थापा लगायतले आ-आफ्ना रचना वाचन गरेका थिए ।
पोखराको केआई सिंह पुलमा अक्षरयात्रा
सम्प्रेषक - कृष्णपक्ष :
साहित्यसंसार डट कम

साहित्यसंसार
साहित्यसंसार डट कम अनलाइन साहित्यिक पत्रिका हो । नेपाली भाषा साहित्यमा भएका विविध गतिविधिहरूको जानकारी तथा साहित्यकारहरूका सिर्जनाहरू क्रमबद्ध रुपमा संकलन गर्ने इन्टरनेट थलोको रुपमा यसलाई लिन सक्नुहुन्छ । लेख, रचना तथा साहित्यिक समाचार पठाउन हाम्रो इमेल ठेगाना - info@sahityasansar.com
थप साहित्यिक गतिविधि