कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

इजरायलमा आदिकवि भानुभक्त आचार्य द्विशतबार्षिकी समारोह समिति गठन

नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको संयोजनमा नेपालका राष्ट्रिय बिभूति आदिकवि भानुभक्त आचार्यको द्विशतवार्षिकी मनाउन विभिन्न मुलुकमा समारोह समिति गठन भैरहेको छ। यसैक्रममा नेपाल सरकारबाट 'भानुभक्त आचार्य द्विशतवार्षिकी मूल समारोह समिति'का सदस्यमा मनोनीत भगवती बस्नेतको अध्यक्षतामा इजरायलमा पनि 'भानुभक्त आचार्य द्विशतवार्षिकी समारोह समिति'को गठन भएको छ । सो समितिको उपाध्यक्षमा - बिजे बिद्रोही राई, लक्ष्मी अनुरागी, सचिव - सुनिता राई कोषाध्यक्ष - निर्मला खड्का रहनुभएको छ ।

यसैगरी समारोह समितिका सदस्यहरूमा श्रीराम अधिकारी, कल्पना पौडेल जिज्ञासु , मिरा मन थापा , सावित्री लुइँटेल, ज्ञानु बस्नेत , फूलकुमारी बाँस्कोटा, रजनी शर्मा, अम्बिका बानिया, कृष्ण रायमाझी, निशा खनाल अर्याल, रोजा ओली, निम्स शेर्पा, उषा न्यौपाने, शान्ति पाख्रिन तामाङ्ग, दिपेन्द्र थापा, समाश्री, हजुरी शाह, मुना मन सिग्देल रहनु भएको छ भने सल्लाहकार सदस्यहरुमा खड्ग प्रसाद दाहाल (उपनियोग प्रमुख, नेपाली दुतावास इजरायल ),सुवास खरेल (अध्यक्ष, गैर आवासीय नेपाली संघ, रासप इजरायल ) कृष्णपक्ष (अध्यक्ष, अनेसास इजरायल) रहनु भएको छ ।

इजरायलमा रहेका साहित्यिक तथा अन्य बिभिन्न संघसंस्थाको सहकार्यमा भानुभक्त द्विशतबार्षिकी मनाउन सो समारोह समितिका संरक्षकमा नेपाली दुतावास इजरायलका महामहिम राजदूत प्रल्हादकुमार प्रसाई रहनुभएको बेहोरा इजरायलस्थित भानुभक्त आचार्य द्वि शतबार्षिकी समारोह समितिबाट प्राप्त भएको छ ।