कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

विनेसाम सँघ इजरायल शाखाको आयोजनामा कविता प्रतियोगिता सम्पन्न

Binesam

विश्व नेपाली साहित्य महासंघ इजरायल शाखाको आयोजनामा मार्च १५ शनिवारका दिन इजरायलमा प्रतिष्पर्धात्मक खुल्ला कविता वाचन प्रतियोगिता सम्पन्न गरेको छ ।

कार्यक्रममा विश्व नेपाली साहित्य महासंघ इजरायल शाखाकी अक्ष्यक्ष काजल घिमिरेको सभापतित्वमा सम्पन्न् उक्त कार्यक्रममा इजरायलका लागि नेपाली राजदुत महामहिम प्रल्हाद कुमार प्रसाईको प्रमुख आतिथि, नेपाली राजदुतावास इजरायलका काउन्सिलर तथा उपनियोग प्रमुख खड्क प्रसाद दाहाल तथा नेपालवाट आउनुभएकी रिना श्रेष्ट अतिथी र इजरायलमा रहेका संघसंस्थाकाका प्रतिनिधीहरूको आतिथ्यता रहेका थिए ।

उक्त कार्यक्रममा १० जना साहित्य अनुरागीहरूले कविता वाचन गरेका थिए । प्रतिष्पर्धामा रहेका प्रतियोगीहरूको सही मुल्याङ्कनको लागि साहित्य फाँटमा कलम चलाउन सफल साहित्यप्रेमीहरू काउन्सिलर तथा उपनियोग प्रमुख खड्क प्रसाद , कृष्णपक्ष (थापा ) र हरी मानान्धर निर्णायकको रूपमा रहेका थिए ।

"किन रोईरहेछिन् जननी" र " म अनि मेरो देश " नामक कविता प्रतियोगितामा कलम चलाउदै प्रतियोगितामा भाग लिने प्रतियोगीहरूमा श्रीराम अधिकारी ,मिरा मन थापा , सुमन कार्की , लक्ष्मी अधिकारी , उषा न्यौपाने , राज्यवती त्रिपाठी , कल्पना पौडेल, लिला सीटौला, इंदिरा अधिकारी, शान्ती पाख्रिन , बिजे बद्रोही रार्इ र निर्मला खड्का रहेका थिए ।

त्यस्तै कार्यक्रममा राजकुमारी ओली, सावि पाठक निशा खनाल (अर्याल) लगायतका केहि श्रष्टाहरूको अप्रतियोगी कविता पनि बाचन गरिएको थियो भने कार्यक्रममा अर्जुन जयसवालको लघु नाटक प्रस्तुति, मीना वान्तवाको गीत र कमल पोख्रेलजीको बाँसुरीको धुनमा श्रोताहरू नतमस्तक बनेर सुनिरहेका थिए ।

oo