कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

अ.ने.सा.स कोलोराडो च्याप्टरद्वारा आयोजित गीतकार बसन्त चौधरीज्युको विश्व काब्ययात्रा सफलतापुर्वक सम्पन्न

कोलोराडो प्रतिनिधी मार्च ९/ कोलोराडो
अ.ने.सा.स कोलोराडो च्याप्टरद्वारा आयोजित कवि तथा गीतकार बसन्त चौधरीज्युको "बिश्व काब्य यात्रा" हिजो मार्च/ ८/ २०१४ का दिन कोलोराडोको ब्रूम्फिल्डस्थित कम्युनिटी सेन्टरमा सफलता पुर्वक सम्पन्न भयो । च्याप्टरकी कोषाध्यक्ष तारा अधिकारीको उद्घोषणबाट शुरु गरिएको कार्यक्रममा स्वागत मन्तब्य च्याप्टरका उपाध्यक्ष राजु सिटौलाले गर्नु भएको थियो । कार्यक्रमको प्रथम चरणमा कवि बसन्त चौधरीको परिचायत्मक बृत्तचित्र प्रस्तुत गरिएको थियो भने दोश्रो चरणमा वहाँको कविता वाचन प्रस्तुत भएको थियो । यसैगरी कवि बसन्त चौधरीज्युसँग कार्यक्रमका सहभागीहरुले अन्तर्कृया गर्नु भएको थियो । सोही क्रममा वहाँकै कृति "मेरा कविताहरु" बरिष्ठ साहित्यकार तथा कथाकार/ गजलकार मनु ब्राजाकीज्युले गर्नु भएको थियो । सोही अवसरमा च्याप्टरकी अध्यक्ष आचार्य प्रभाले सम्मान पत्र प्रदान गर्दै खादा ओढाउनु भएको थियो भने कोलोराडोका अन्य संस्थाहरुका प्रतिनिधीहरुले पनि वहाँलाई खादा ओढाएर सम्मान गर्नु भएको थियो । खादा प्रदान गर्नु हुनेहरुमा अ.ने.सा.स ट्रष्टी डा.बिजयराज शर्मा,भुतपूर्व अ.ने.सा.स केन्द्रिय अध्यक्ष ज्ञानेन्द्र गदाल,केन्द्रिय महा-सचिव पदम विश्वकर्मा,रक्की माउण्टैन अध्यक्ष शरद आचार्य,नेपाली घर अध्यक्ष नारायण श्रेष्ठ,तमुधिका अध्यक्ष रमेश गुरुङ,नेवा खलका प्रतिनिधी भुषण श्रेष्ठ हुनुहुन्थ्यो ।

SONY DSC

SONY DSC

SONY DSC

SONY DSC

5

सोही क्रममा कवि बसन्त चौधरीज्युले अ.ने.सा.स कोलोराडो च्याप्टरको नाममा मायाको चिनो अध्यक्ष आचार्य प्रभालाई हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रमको अर्को प्रस्तुतिमा गायक मनोज तुलाधर र सुरेश प्रधानले गीतकार बसन्त चौधरीज्युको राष्ट्रप्रेमले ओत्प्रोत गीत "शान्ति लुकाउँ कहाँ " प्रस्तुत गरेर सबै दर्शक दिर्घालाई मोहित बनाएका थिए । कार्यक्रम ५ बजे भनिएता पनि सोही स्थानमा अर्को कार्यक्रम भइेरहेकोले ठीक समयमा कार्यक्रम हुन नसक्नुको पीडा आयोजकलाई भएको थियो भने अतिथिज्युको उपस्थिती पनि कारणवस ठीक समयमा हुन नसकेकोले समयको पाबन्दी भएर समयको सहि प्रयोग गर्न नसक्नु र सम्पूर्ण दर्शकदिर्घालाई अन्तर्कृयामा समेट्न नसक्नुले आयोजकलाई खिन्नताबोध भएको जानकारी प्राप्त भएको थियो ।

कार्यक्रमको अन्तिम चरणमा संस्थाकी अध्यक्ष आचार्य प्रभाले उपस्थित सम्पूर्ण महानुभावहरुलाई आभार ब्यक्त गर्दै गजलकार मनु ब्राजाकीज्युलाई अस्थ्यताको कारणपनी कार्यक्रममा उपस्थित हुनुभएकोमा हार्दिक कृतज्ञता ब्यक्त गर्दै नारी दिवसको उपलक्षमा सम्पूर्ण उपस्थित नारीहरुलाई शुभकामना बाँड्दै "नारी उत्साह" शिर्षकको कविता नारीहरुमा समर्पण गर्नु भएको थियो । कार्यक्रमकालागी आर्थिक सहयोग गर्नुहुने सुरेन्द्र श्रेष्ठ परिवार,, मनोजकाजी तुलाधर, पदम विश्वकर्मा,बि.के श्रेष्ठ, एरो ट्राभल्स दीप्ती,प्रीती,नीती,शम्भु आचार्य फणिन्द्र ध्वज कार्की (अन्य सहयोग)प्रती पनि आभार प्रकट गर्नु भएको थियो । कार्यक्रमको अन्तिम चरणमा रात्री भोजको पनि ब्यवस्था गरिएको थियो । उक्त कार्यक्रममा नेपथ्यबाट पनि केही महानुभावहरुले सहयोग गर्नु भएको थियो । यसैगरी कार्यक्रमलाई मिडियाकर्मिको तर्फबाट बि.आर.टि.नेपालले सधैं झैं सहयोग गरेका थिए । उक्त कार्यक्रम आयोजना गरेकोमा कवि बसन्त चौधरीज्युले अ.ने.सा.स च्याप्टरलाई हार्दिक आभार प्रकट गर्नु भएको थियो । कार्यक्रमलाई बिगत ५ महिनादेखी नै कोअर्डिनेट गरिदिएर कवि तथा मिडियाकर्मी राजेन्द्र शलभज्युले पूर्ण सहयोग गर्नु भएको कुरा पनि जानकारीमा आएको थियो ।