कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

अनेसास कतार च्याप्टरको चौथो अधिवेशन सम्पन्न

२१ मार्च, दोहा, कतार अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कतार च्याप्टरको चौथो अधिवेशन दोहा शहरको स्थानिय एक रेष्टुरेन्टको सभाहलमा आज २१ मार्च शुक्रबारका दिन भव्यताका साथ सम्पन्न भएको छ ।

च्याप्टरका अध्यक्ष कवि, कथाकार तथा गीतकार हेमन्त परदेशीको सभापतित्व तथा एनआर आईसीसीका उपाध्यक्ष टि. बि. कार्कीको प्रमुख आतित्थ्यमा संचालित कार्यक्रममा एनआरएन कतारका उपाध्यक्ष कुमार कार्की नबोदित साहित्यिक मोवाईल पुस्तकालय कतारका अध्यक्ष इन्द्रमणि नेपाल सन्ध्या ग्रुप अलखोरका अध्यक्ष थर्च लामा, नबोदित साहित्यिक वाचनालयका सल्लाहाकार नवराज बि. क., नेपाली जन सम्पर्क मञ्च कतारमा सभापति बिमल सुबेदी, नेपाली प्रवासी मञ्च कतारका हरि बस्नेत, नेपाल कतार पत्रकार महासंघका गणेश बन्जाडे, प्रवासी नेपाली आदिवासी जनजाती महासंघ कतारका अध्यक्ष बिनेश तमाङ्ग, सुनुवार सेवा समाज कतारका विशेष सल्लाहाकार पुरुषोतम सुनुवार र चौथो अधिवेशनका निर्वाचन प्रमुख बिल गुरुङ्ग, सदस्य कुमार कार्की, क्रान्ति सिंह लगाएका कतारमा स्थापित विभिन्न संघ÷संस्थाका प्रतिनिधीहरुको आतित्थ्य रहेको थियो
1978751_640465272675190_504886831_n
सभापति तथा प्रमुख अतिथिकोे बाहुलीबाट ब्यानर अनावरण तथा दिप प्रज्वलन गरेर शुभारम्भ भएको कार्यक्रममा राष्ट्रिय गान गाए पश्चात एक मिनेट सहिद तथा परलोकवासी साहित्यकार प्रति एक मिनेट मौनधारण गरिएको थियो ।कार्यक्रममा उपस्तित सर्जकहरुले साहित्यिक कोसेली कविता, गजलहरु वाचन गरेका थिए भने आमन्त्रित अतिथिहरुले अनेसास कतार च्याप्टरको चर्चा सहित अधिवेशनको सफलताका लागि शुभकामना मन्तव्य राखेका थिए ।
अधिवेशनले रेगिस्तानी कवि तिर्थ संगम राईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

नव निर्वाचित कार्य समितिमा अध्यक्ष रेगिस्तानी कवि तिर्थ संगम राई, उपाध्यक्ष गजलकार श्याम रानाभाट, सचिव गजलकार पूर्ण कान्छा गुरुङ्ग, सह–सचिव कवि दिलिप अविरल, कोषाध्यक्ष प्रेम प्रसाद भट्टराई, सदस्यहरुमा सकुन्तला गौली, सिताराम थापा, महेन्द्र प्रसाद पोख्रेल, र सानुबाबु मल्ल निर्विरोध निर्वाचित भएका छन् ।अनेसास कतार च्याप्टरद्धारा आयोजित अधिवेशनले बिल गुरुङ्गको सयोजकत्वमा ३ सदस्यीय निवार्चन आयोग गठन गरेको थियो । अधिवेशनको बन्द सत्रमा कुनैपनि पदहरुमा दाबी विरोध तथा एउटै पदका लागि एक भन्दा बढि उम्मेदवारी नपरेकोले सबै पदहरु निर्बिरोध निर्वाचित भएको निर्वाचन आयोगले घोषणा गरेको थियो ।

दोहामा रहेका विभिन्न नेपाली संघ÷संस्थाका प्रतिनिधी तथा साहित्य अनुरागीहरुको कार्यक्रममा उपस्थित रहेको थियो । अनेसास कतार च्याप्टर कतारको स्थापना सन् २००६ मा भएको हो ।