कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

जलसा नेपालद्वारा गज़लकार ज्ञानुवाकर सम्मानित

काठमाडौं । गजलकार ज्ञानुवाकर पौडेल सम्मानित भएका छन् । समसामयिक विषयलाई गजलका रुपमा उतार्ने पौडेललाई जलसा नेपालले सम्मान गरेको हो । जलसा नेपालले कोटेश्वरमा आयोजना गरेको सम्मान कार्यक्रममा उनले विभिन्न १० वटा गजल वाचन गरेका थिए । जलसाले प्रत्येक महिलाको पहिलो शनिबार विभिन्न क्षेत्रका स्रष्टालाई सम्मान गर्ने गरेको छ ।

कार्यक्रममा जलसा नेपालले दुई वटा सांगीतिक गजलहरू प्रस्तुत गरेको थियो । कार्यक्रममा जलसा नेपालका संस्थापक सदस्य कृष्ण बस्नेत भाग्यको गजल गायक तथा संगीतकार केशव पौडेलले र गजलकार पौडेलको गजल गायक गोपाल अधिकारीले गाएका थिए ।

jalsaion