कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

दस जनालाई नइ पुरस्कार प्रदान

विविध क्षेत्रमा समर्पित राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रका दस जना प्रतिभालाई २०७० सालको नइ पुरस्कार प्रदान गरिएको छ । पुरस्कार जनही बीस हजार रूपैयाँ छ ।

धर्मसंस्कृतितर्फ श्री १००८ डा. कृष्णदास महायोगी सिद्धबाबालाई नइ चन्द्रधन पुरस्कार, साहित्यकार तथा पत्रकार विजय चालिसेलाई नइ ईश्वरवल्लभ पुरस्कार र काठमाडौबाहिर बसेर नेपाली भाषा साहित्यमा उत्कृष्ट योगदान पुर्‍याउने प्रा.डा.कपिल लामिछानेलाई नइ धनरुप पुरस्कार प्रदान गरिएको छ । यस्तै राष्ट्रवादी चिन्तक तथा साहित्यकार प्रमोद प्रधानलाई नइ कीर्तिनिधि पुरस्कार, साहित्यिक पत्रकार रामप्रसाद पन्तलाई नइ भाजप पुरस्कार र तेस्रोलिङ्गी उमेश पाण्डे ‘निरुता’लाई नइ रामलक्ष्मी पुरस्कार प्रदान गरिएको छ ।

समारोहमा समालोचक डा.लक्ष्मणप्रसाद गौतमलाई नइ ईश्वर बराल पुरस्कार, नारी साहित्यिक अन्वेषक लीला लुइटेललाई नइ रेखा पुरस्कार र गायक जुजुकाजी रञ्जितलाई नइ कोइलीदेवी पुरस्कार प्रदान गरिएको छ । विदेशमा रहेर नेपाली भाषासाहित्यमा समर्पित अमेरिकाका नीलम कार्की निहारिकालाई नइ गणेशदुर्गा पुरस्कार प्रदान गरिएको छ ।