कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

कविता दिवसको अवसरमा कवि गोष्ठी

विश्व कविता दिवसको अवसरमा राजधानीमा शुक्रबार विभिन्न कविले रचना वाचन गरे । ज्योति साहित्य प्रतिष्ठानले गरेको विशेष कवि गोष्ठीमा डा. बेञ्जु शर्मा, विप्लव ढकाल, अमर न्यौपाने, ममता कर्मचारी, ज्ञाननिष्ठ ज्ञवाली, प्रथा अधिकारीले आ-आफ्ना सिर्जना सुनाए । अमेरिका बस्दै आएकी साहित्यकार ममता कर्माचार्यलाई सम्मानसमेत गरिएको कार्यक्रममा हरिप्रसाद पाण्डेय, भगवती रोका, कमला रिसाल, डा. रेणुका थापा, संगीता शर्मा, राजेश चोच्छे, भुवन थापा, गंगा पौडेल, विनुबाबा घिमिरे, लक्ष्मी ऐडी, राजुराज स्वयम् दिनेशविक्रम थापा, मिलन समीर लगायतले पनि सिर्जना वाचन गरेका थिए ।