कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

भूगोलभरि भाग्दा भाग्दै कवि सायन राजधानीमा कृति मार्फत सार्वजनिक

bhager bhugol

शनिवार राजधानीको सर्वनाम थ्रिएटरमा वरिष्ठ कवि तुलसी दिवसबाट युवा पुस्ताका कवि रमेश सायनको कविता संग्रह ‘भागेर भूगोभरि’ सार्वजनिक भएको छ । संग्रह विमोचन गरेपछि उनले भने, ‘हरेक कविले नया“ कवितामा नया“ अवतार लिन्छ । रमेशका हरेक कवितामा त्यो अवतार देखिन्छ ।’ उनले रमेशका कविता स्वस्थ रहेको भन्दै आफूले कुनै समीक्षात्मक शल्यक्रिया गर्नुपर्ने आवश्यकता नरहेको जिकिर गरे । ‘रमेशको कविता आफैंमा स्वस्थ छन् । त्यसको उपचार गर्न नै जरुरी नै छैन । बरु यसले मेरो पो उपचार गर्यो, उर्जा थप्यो’–उनले भने । सबै कविताको उस्तै प्रकारको प्रभाव नहुने भएकाले कविताको शल्यक्रिया गर्न पनि नसकिने उनको धारणा थियो । ‘कुनै कविताको पहिलो हरफले नै प्रभाव पार्छ भने कुनै कविता पूरै पढिसकेपछिमात्रै त्यसले छुन्छ । त्यसैले एउटै मापदण्डमा सबै कवितालाई मापन गर्न सकिदैन ।’ उनले भने ।

त्यस्तै उनले नेपाली कविताको समालोचना अन्य कविताको मानकको आधारमा गर्न नसकिने तर्क गर्दै भने, ‘नेपाली कविता पढेर त्यसको मौलिकताअनुसार काव्यशाश्त्रको विकास गरिनुपर्छ । अरु काव्यशाश्त्रको आधारमा नेपाली कविताको मूल्यांकन गर्न सकिदैन ।’ कवि सायनले निर्माण गरेका विम्ब र विकास गरेको नवीन शैलीले नेपाली कविताको भविष्य उज्ज्वल देखिएको उनको टिप्पणी थियो ।

शब्दहार क्रियशन्सले बजारमा ल्याएको कविता संग्रह बिमोचन समारोहमा सायनको कृतिमाथि टिप्प्णी गर्दै युवा समीक्षक महेश पौडेलले सानो भूगोलबाट विश्वका विभिन्न स्थानको परिभ्रमण गर्दा उत्पन्न भएका अनुभूति कवितामा आएको बताए । उनले भने, ‘जसरी सायनको जीवन उदयपुरको एउटा गाउ“बाट वैश्विक बनेको छ, त्यसै गरी अनुभूति पनि फराकिलो बन्दै गएको छ । त्यसको दस्तावेजको रुपमा कविता संग्रह आएको छ ।’ जम्मा २३ शिर्षकका कविता समावेश गरिएको कविता कृति विमोचनमा कविता संग्रह भित्रबाट कवि सायनले आफ्ना ३ वटा प्रतिनीधि कविता पनि वाचन गरेर सुनाएका थिए ।

कविताबारे आफ्नो धारणा राख्दै उनले भने, –‘मैले जहा“–जहा“ पुगें । त्यहा“को जीवनलाई नजिकबाट भोग्ने प्रयत्न गरें । विभिन्न सिलसिलामा भूगोलभरि भाग्दा मैले गरेको अनुभूतिलाई नै कविता बनाएको छु ।’ उनको कविता वाचनमा कवि जोतारे धाइबाले पनि सघाए ।

bhager bhugol 2


कृतिको प्रकाशन शब्दहार क्रियसन्सले गरेको हो । कवितामा लगानी गर्न प्रकाशक हिच्किचाइरहेको भन्ने आरोप सही नभएको प्रमाणस्वरुप आफूले कृति प्रकाशन गरेको क्रियसन्सका प्रबन्ध निर्देशक रमेश कँडेलले बताए । उनले भने, ‘राम्रा रचना जुनसुकै विधाको भएपनि प्रकाशक लगानीका लागि तयार छन् । त्यसमा कविता छुट्ने कुरै भएन ।’ कवि सायनको कविता कृति बिमोचन समारोहमा कवि विप्लव ढकाल, गजलकार ज्ञानुवाकर पौड्ल, कवि हेमन्त बिवश, बाबु त्रिपाठी, कवयत्री हरिमाया भेटवाल लगायतको उपस्थितिरहेको थियो । करिव एक घण्टा भएको विमोचन कार्यक्रममा कवि हेम प्रभासले सञ्चालन गरेका थिए ।