कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

साहित्यकार हिमाल गुराँस सुब्बाका दुइ कृतिहरु एकैपटक विमोचित

       यहि बैशाख ६ गते दमकमा साहित्यकार हिमाल गुराँस सुब्बाका दुई कृतिहरु एकैसाथ् विमोचन गरिएका छन ।स्थानीय पढ्ने घर नामक संस्थाले आयोजना गरेको एक कार्यक्रमका बीच साहित्यकार हिमाल सुब्बाद्वारा लिखित ‘गुराँसका हाइकुहरु’ हाइकु संग्रह र ‘जीवन र सपनाहरु’ नामक कथा सङ्ग्रह कृतिको लोकार्पण गरिएको हो ।

विमोचनको अवसरमा साहित्यकार सुब्बाका दुवै कृतिमाथि साहित्यकारहरु उपेन्द्र पागल, प्रकाश आङ्देम्बेलगायतले टिप्पणी गर्नुभएको थियो । विमोचित कथा सङ्ग्रहमा दशवटा कथा र हाइकुमा ३४१ वटा हाइकु सङ्ग्रहित छन् । हित्यकार सुब्बाले यसअघि दुईवटा कृति प्रकाशित गरिसक्नु भएको छ ।

  himal subba 1himal subba 3 himal subba 4 himal subba