कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

बोष्टन अनेसासमा काफ्लेको अध्यक्षतामा नयाँ समिति

यम पौडेल, बोष्टन – अनेसास बोष्टन च्याप्टरको स्टोनह्याम स्थित राङ इण्डियन बोष्ट्रोमा सम्पन्न हिजोको भेलाले साहित्यकार हरिप्रसाद काफ्ले शैवको अध्यक्षतामा गठित नया समितिलाई अनुमोदन गरेको छ। पछिल्लो समयमा अनेसास बोष्टनको बारेमा देखा परेका केहि फरक कुराहरु लाई मिलाइ समिति गठन गर्न च्याप्टरले गत शुक्रवार ११ तारिक आह्वान गरेको भेलालाई सम्बन्धितको सल्लाहमा पुनः आइतबार बोलाइएको थियो । नेपाली साहित्यप्रेमि, अनेसास प्रति आस्थावान, समय मिले सम्मका नया पुराना सबैखाले साहित्यकार एवँ वौद्दिक व्यक्तित्वहरूको ऊपस्थिति रहेको भेलाले अन्तत: सबैलाई मिलायर समिति गठन गर्ने र बिना बिवाद सगसगै साहित्य श्रीबृद्दिको पक्षमा काम गर्ने सहमति गरेँ । बोष्टन च्याप्टरकी पूर्व अध्यक्ष तथा केन्द्रीय पुर्व उपाध्यक्ष वरिष्ठ साहित्यकार भारती गौतमले नेपाली साहित्य फाँट का बिशेष ब्यक्ति ब्यक्तित्बहरु जुटन गएको बोष्टनमा सबै मिलेर हिडन सके मात्र राम्रा राम्रा साहित्यिक कार्यक्रम सम्पन्न गर्न सक्ने कुरा बताइन भने अनेसास बोष्टनकी निवर्तमान अध्यक्ष डा.उषा शर्मा ले पनि लक्ष्य सबैको साहित्यको सेवा गर्ने हो भने किन फरक बाटो रोज्ने भन्दै सहमतिमै जोड दिइन। च्याप्टरका पुर्व सचिव साहित्यकार शिवप्रकाश पौडेलले साहित्यकारले शुद्द मन र शुद्द भावना राख्दा आफू र आफ्नो वरिपरिको सबैलाई शुद्द पार्नसक्छ भन्दै संस्थामा आत्मलाई साक्षी राखेर काम गरेमा मात्रै साहित्यको विकास हुने बताए । साहित्यकार गोवर्धन पूजाले साहित्यको सेवा गर्न कुनै विशेष पदमा बस्नु ज़रूरी नभएको भन्दै आफू सदस्य पदमै रहेर सक्दो सहयोग गर्ने बताए । अर्का साहित्यकार महेश्वर पन्तले बोष्टनका साहित्यकारहरूको भावनालाई सम्मान गर्न आफू सधैं तत्पर रहेको र सेवाका लागि सदस्य नै महत्वपूर्ण पद हो भन्दै आफु सदस्यमै रहने इच्छा व्यक्त गरे । उक्त भेलामा विगतमा भए गरेका सम्पूर्ण कमी कमजोरीलाई महशुस गरि नयाँ वर्ष २०७१को शुभ साइत सगै नया तरिकाले नेपाली साहित्यको श्री बृद्दिमा कटिबद्द रहनु पर्नेमा उपस्थित सम्पूर्ण साहित्यकारहरूको एऊटै मत रहेको थियो । यसरि सर्बसम्मत गठित कार्य समितिको अध्यक्ष पदमा हरिप्रसाद काफ्ले “शैव”, ऊपाध्यक्षमा लालगोपाल सुवेदी, सचिव यम पौडेल, कोषाध्यक्षमा दिनेशराज भण्डारी, र कार्यकारिणि समितिका सदस्यहरुमा कृष्ण खनाल, सुरेश वाग्ले , रोशनी खनाल, गौरव थपलिया ,विजय पौडेल ,महेश्वर पन्त र गोवर्धन पुजा नियुक्त भएका छन । कार्यकारिणि समिति बिस्तार एवँ थपघट समेत नया समितिले गर्ने र यथाशिघ्र सल्लाहकार समितिको नियुक्ति गर्ने जिम्मा समेत नया समितिलाई दिदै सम्पन्न भएको भेलामा नवनिर्बाचित अध्यक्ष “शैव”ले सबैलाई धन्यबाद दिदै समकालीन साहित्य र साहित्यकार हरूको मिलन हुनुपर्ने कुरालाई बिशेष जोड दिए । अन्तमा यथाशिघ्र पदस्थापना तथा साहित्यिक कार्यक्रमको तिथिमिति तोक्ने कुरा जनाऊदै भेला सकिएको थियो ।