कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

वेलायतको साहित्य समाजद्वारा यस बर्षको पुरस्कार तथा सम्मान घोषणा



वेलायतको जेठो साहित्यिक संस्था मध्यको एक प्रवासी नेपाली साहित्य समाजले यस बर्षको पुरस्कार तथा सम्मान विजेताको नाम घोषणा गरेको छ।

वेलायत – वेलायतको जेठो साहित्यिक संस्था मध्यको एक प्रवासी नेपाली साहित्य समाजले यस बर्षको पुरस्कार तथा सम्मान विजेताको नाम घोषणा गरेको छ।

यस बर्षको प्रवासी पुरस्कारको लागि संगीतकार तथा गीतकार राजकुमार बगर समाजको आन्तरिक निर्वाचन प्रकृयाबाट छनौट हुनुभएको छ भने सम्मानको लागि विएफविएस गोर्खा रेडियोका पूर्व प्रस्तोता के.बी. राई छनौटमा पर्नुभएको छ।

पुरस्कृत स्रष्टाले नगद रु ३५ हजार सहित ताम्रपत्र प्राप्त गर्नुहुनेछ भने सम्मानित ब्यक्तित्वलाई ताम्रपत्रबाट सम्मान गरिनेछ। त्यस्तैगरि यस बर्ष भारतीय सेनामा रहेर साहित्यमा सक्रिय रहनु भएका साहित्यकार सुरेन्द्र पर्देर्शीलाई प्रसंसापत्र प्रदान गर्ने निर्णय भयो।




साहित्य समाजबाट प्रत्येक बर्ष देशविदेशका स्रष्टाहरु मध्ये उत्कृष्ट एकलाई पुरस्कार र सामाजिक तथा विविध कार्यमा महत्वपूर्ण योगदान पुरयाउनु हुने विशिष्ट ब्यक्तित्वहरु मध्ये उत्कृट १ लाई सम्मान प्रदान गर्दै आएको छ। यस समाजले शुसनवाला राई २०६२, शशि लुमुम्बु ०६३, रमेश पौडेल ०६४, कृष्ण धरावासी ०६६, गणेश रसिक ०६७ र तुलसी घिमिरे ०६९ लाई प्रदान गरिसकेको छ भने मेजर किसोर गुरुङ ०६२, नोर्देन तेन्जिङ भुटिया ०६३, रक्ष राई ०६४, तुलबहादुर पुन भि.सी. ०६४, गोरे गुरुङ ०६५, डि.बी. वम्जन ०६७ र रामबहादुर लिम्बु भि.सी. ०६९ लाई सम्मान गरिसकेको छ।

यस बर्षको पुरस्कार तथा सम्मान यहि बैशाक दोस्रो हप्ता काठमाडौमा एक समारोहको आयोजना गरि वितरण गरिने कुरा समाजका अध्यक्ष जितेन्द्र चेम्जोङले जनाउनु भएको छ।

सन् २००१ मा युकेमा स्थापित समाज युके र ब्रुनाईमा क्रियाशिल हुदै आएको छ। कला, साहित्य तथा विभिन्न कल्याणकारी कार्यमा सक्रिय यस समाजले युएईमा मृत्यू दण्डको फैसला सुनाईएका अनिस खालिङको जीबन रक्षार्थ केही दिन अघि मात्र खालिङ बचाउ अभियान समितिलाई ९ लाख रुपैया प्रदान गरेको थियो।