कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

राजेन्द्र थापाको ‘बदलेको कथा’ बजारमा

Rajendra-Thapa-1

लेखक राजेन्द्र थापाको ‘बदलेको कथा’ नामक कृति बजारमा आएको छ । कृतिमा २६ कथा समेटिएकामा १६ वटा नारी सङ्घर्षसँग सम्बन्धित छ । ‘विवाहित,’ ‘मलामी जात्रा’, ‘बोक्सी’, ‘भाइको सम्पत्ति’, ‘आँसु साहू’, ‘ससुरा र ‘रजनी’, ‘कुमारित्व’, ‘फिरौती’, ‘सीताको देश निकाला’लगायत शीर्षकका कथा समेटिएको छ ।

सरुभक्त तथा भारतीय दूतावासका प्रथम सचिव अभयकुमारले पुस्तकको विमोचन गरे । प्रकाशक डिकुरा पब्लिकेसनका अध्यक्ष पुण्यप्रसाद प्रसाईंले नारीसँग सम्बन्धित विभिन्न कथाले उनीहरुको पीडा, विद्रोह र शोषणलाई प्रतिनिधित्व गरेको तथा अन्य कथा समसामयिक राजनीतिक विषयवस्तुमा केन्दि्रत रहेको बताए ।

लेखक थापाले करिब ३५ वर्षपछिको अन्तरालमा आफूले यो कृति लेखेको भन्दै समाजमा महिला समुदायको पहिचानका लागि उनीहरुले गर्ने विद्रोहलाई सम्बोधन गर्नुपर्नेमा जोड दिए ।