कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

अनेसास बोष्टनको नया समितिको बैठक समरभिल सिटिमा सम्पन्न

यम पौडेल, बोष्टन, अप्रिल २४, - अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बोष्टन च्याप्टरको चौथो कार्यसमितिको पहिलो बैठक सँस्थाका अध्यक्ष हरि काफ्लेको अध्यक्षतामा हिजो सम्पन्न भयो । सचिव यम पौडेल को समरभिलस्थित निबासमा भएको सो बैठकले २५५८ औ बुद्द जयन्तीको सु- अवशर र युगकवि सिद्दिचरण श्रेष्ठको जन्म जयन्तीको सु- अवशरलाई मध्यनजर गरी सँस्थाका सदस्य कवि गोबर्द्दन पुजाको सँयोजकत्वमा आगामि मे २५ ता.बेलुका बृहद रुपमा बुद्द जयन्ती, सम्मान तथा साहित्यिक कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ ।

बोष्टनका सबै नेपाली भाषा साहित्य क्षेत्रका महानुभावहरूलाई समेटदै हालै गठन भएको च्यापटरले नया पुराना सबै नेपाली भाषि साहित्यकार,लेखक, कवि सबैलाई एकैलाई एकै थलोमा सहभागी गराई कवि गोष्टी सँचालन गर्ने, बुद्द जयन्तीको अवशरमा शान्ति कविता को शुभारम्भ गर्ने,अनेसासलाई आजको दिनसम्म ल्याईपुरयाऊन महत्वपूर्ण योगदान पुरयाउने अग्रजलाई सम्मान गर्ने, युगकवि सिद्दिचरण श्रेष्ठको जन्म जयन्ती मनाउने समेतको कार्यक्रममा अनेसास अमेरिकाका सँस्थापक होमनाथ सुबेदी र नेपाली साहित्यका धुरन्धर कवि रमेश खकुरेल समेतलाई आमन्त्रित गरी कार्यक्रम शसक्त पार्ने कुरा जनाईएको छ ।

निर्णय गर्दा राम्रा राम्रा कुरा माइनेटिङ गर्दै जाने कार्यान्वयन गर्दा नगण्य हुने परिपाटीलाई हटाऊन पर्छ भन्दै यसपटकको बैठकले एऊटामात्र निर्णय गरी आइन्दा पनि थोरै निर्णय गरेर धेरै काम गर्न सक्नु पर्ने कुरामा सबैको सहमतिरह्यो ।

बैठक सकिएपछि आ-आफ्नो सृजना बाचन गरिएको थियो । सर्बप्रथम साहित्यकार महेश्वर पन्तले आफ्नो नयाँ अपमानित धर्ती कविताबाट बाचन कार्य अगाडि बढाए पछि सहभागी सबैले आ-आफ्नो कविता बाचन गरेका थिए । नवनिर्बाचित अध्यक्षले डिम्पलको हासो नामक गजल प्रस्तुत गरेर बैठकलाई तताए पछि कविता नहुनेले पनि आ-आफूले गुन्गुनाउने गीतै भएपनि सुनाऊन धक मानेनन । कविता बाचन गर्ने कविहरूमा ऊपाध्यक्ष लाल गोपाल सुबेदी,कोषाध्यक्ष दिनेश राजभण्डारी, सदस्य सुरेश वाग्ले, रोशनी खनाल, समेत रहेका थिए । बैठकमा कवि तथा सँस्थाका सदस्य गोबर्धन पुजा,कृष्ण खनाल, विजय पौडेलको पनि समुपस्थितिरहेको थियो ।

स्मरणीय रहोस कविता बाचन गर्ने क्रमसमै सँस्थाको कोषको लागि सचिव यम पौडेलले ५० डलर, सुरेश वाग्लेले ५० डलर, रोशनी खनालले ५० डलर, दिनेश राजभण्डारीले ४० डलर, र हरिप्रसाद काफ्लेले ३५ डलर प्रदान गरी पहिलो मिटिङमै नवगठित समितिको लागि २२६ डलर सँकलन भएको थियो ।