कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

च्याउको जंगल विमोचित

chyauko jungle

२०७१ बैशाख १ गते सोमबार शिल्पी थिएटर, बत्तीसपुतलीमा युवा पुस्ताका प्रखर कवि कवि विप्लव ढकालका प्रतिनिधि कविताहरुको सङ्ग्रह “च्याउको जंगल” कविता कृति विमोचन गरिएको छ । सो अवसरमा कवि विप्लवको "च्याउको जंगल “ माथि कलाकारहरुले अभिनय समेत गरेर देखाएका थिए।

याम्बुरी बुक प्वाइन्टद्वारा आयोजित कार्यक्रममा वरिष्ठ साहित्यकार बैरागी काइँलाले कृतिको विमोचन गरे। काइँलाले ढकालका कविता पुराना पुस्ताका लागि पनि लोभलाग्दो भएको बताउनुभयो भने कृतिबारे समीक्षात्मक मन्तव्य राख्ने कवि तुलसी दिवस, एमालेका नेता तथा साहित्यकार प्रदिप ज्ञवाली, कवि श्रवण मुकारुङले ‘च्याउको जंगल' वास्तवमै कविताको नयाँ शक्तिका साथ प्रस्तुत भएको टिप्पणी गरे। च्याउको जंगल' भित्र ५५ कविता समेटिएका छन । ‘ प्रकाशित भएको हो। शिल्पी थिएटरका कलाकरले पुस्तकको शीर्षक कविता ‘च्याउको जंगल' लाई मञ्चन पनि गरेका थिए।

कवि विप्लवकै जन्मदिन बैशाख १ गते परेकोले उनलाई एकै वक्तिबाट – जन्मदिनको , कृति जन्मिएको र नयाँ बर्षको शुभकामनाहरु आएकोले पनि हार्दिकता र अभिवादन फर्काउन उनी अत्यन्तै व्यस्त भए । कार्यक्रमको संचालन मुकुन्द शर्माले गरेका थिए ।