कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

अनेसास कोरिया च्याप्टरको शुभकामना आदानप्रदानसहित् बृहत् साहित्यिक गोष्ठी सम्पन्न


कोरिया । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास )कोरिया च्याप्टर र चितवन सम्पर्क समिति दक्षिण कोरियाको संयुक्त आयोजनामा शुभकामना आदानप्रदान सहित बृहत् साहित्यिक गोष्ठी दक्षिण कोरिया को सुवनस्थित माउन्ट एभरेष्ट रेस्टुरेन्टको सभाहलमा भव्यताका साथ सम्पन्न भएको छ । नेपाली नयाँ वर्ष २०७१ को अवसरमा शुभकामना आदानप्रदान सहित् विभिन्न सर्जक हरूद्वारा साहित्यका बिबिध पाटाहरूको चर्चा गर्दै रचना समेत् प्रस्तुत गरिएको थियो ।


अनेसास कोरिया च्याप्टरका साथै चितवन सम्पर्क समितिका समेत् अध्यक्ष रहनुभएका कमलप्रसाद अर्यालको सभापतित्व र दुर्लभ पोखरेलको संचालनमा सम्पन्न कार्यक्रममा इन्द्रप्रसाद न्यौपानेले स्वागत मन्तब्य राख्नुभएको थियो ।

कार्यक्रममा नेपाली एकता समाजका अध्यक्ष विदुर शर्मा, चितवन सम्पर्क समितिका निबर्तमान अध्यक्ष राजन श्रेष्ठ, हेलो नेपाल डटकमका संस्थापक अध्यक्ष पुष्प लामिछाने, कोरिया सन्देश क्लबका अध्यक्ष मिन प्रसाद उप्रेती, अग्रज गीतकार तथा सर्जक सूर्य खत्री ‘घायल’, साहित्यकार बलदेव भट्टराई, इन्द्रप्रसाद न्यौपाने लगायतको आतिथ्यता रहेको थियो ।

नेपाली राष्ट्रिय गान गाएर सुरु गरिएको कार्यक्रममा अग्रज साहित्यकार सूर्य खत्री ‘घायल’, लगायत विदुर शर्मा, बलदेव भट्टराई, कमल प्रसाद अर्याल, इन्द्र प्रसाद न्यौपाने आदिले कविता, गजल र मुक्तकहरू बाचन गर्नुभएको थियो भने पुष्प लामिछानेले प्रहसन मार्फत दर्सकलाई भरपुर मनोरन्जन दिनुभएको थियो । INLS korea