कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

“कास्कोल” कथा सङ्गह माथि अन्तरक्रिया

काठमाडौं । बुकाहोलिक्स समूहको चौथो चकटि बहसको सिलसिलामा बिपुल सिजापतिको “कास्कोल” कथा सङ्गह माथि अन्तरक्रिया भएको छ ।
bookholics
मार्टिन चौतारी थापाथलिमा चैत्र २२ गते शनिवार भएको एक कार्यक्रममा मुख्य वक्ता एवं प्रस्तोता प्रभाकर गौतमले कास्कोल कथा सङ्गहमा भएक बीसवटा कथाहरूको समीक्षा गरेका थिए ।

कास्कोल कथासङ्गहमा समाहित कथाहरूमा प्रकृति, जीवन दर्शन, प्रेम, मानव सम्बन्ध, व्यक्तिगत कुण्ठा आदि विषयहरू मुखर भएका छन् । स्वदेशी र विदेशी दुवै परिवेश समेटिएका उनका कथाहरूमा मात्रको मनेवैज्ञानिक तथा चारित्रिक उद्घाटन सूक्ष्म ढङ्गले गरिएका छन् । उनका कथाहरुले निम्न वर्ग देखि उच्च मध्यम वर्गिय परिवेश र जीवन दृष्टिकोणलाई समेत उजागर गरेको छ ।

“बिपुलका कथा सम्बन्धका आयाम केलाउने सन्दर्भमा केन्द्रित छन् । कथाले मध्यम वर्गिय पात्रका आरोह अवराहलाई विषय बनाएको छ । कथामा यौनमनोबिज्ञानलाई समेटिए पनि नग्नता भने भेटिन्न,” मुख्य वक्ता प्रभाकरले भने, “बिपुलको भाषामा मिठास भएता पनि सम्पादनको अभावले कथा थप खँदिलो बन्न चुकेको छ ।”

कथाकार बिपुलले भने, “छलफलका लागि आफ्नो कृतिले स्थान पाउनु खुसीको विषय हो, नयाँ लेखकले यस्तो प्लेफर्म पाउनु सकारात्मक हो । यसले लेखकलाई परिमार्जन गर्न मद्दत गर्न ।” बुकाहोलिक्सले हरेक अङ्ग्रेजी महिनाको पहिलो शनिवार पुस्तक माथि समीक्षा गर्दै आएको छ ।