कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

जलसाको कार्यक्रममा रवि प्राञ्जल सम्मानित

काठमाडौं । मासिक रूपमा स्रष्टा सम्मान गर्ने क्रममा जलसा नेपालको पाँचौँ श्रृङ्खलामा रवि प्राञ्जल सम्मानित भएका छन् । कार्यक्रमका गजलकार करूण थापाले प्राञ्जललार्इ सम्मान गरेका थिए ।
उक्त कार्यक्रममा गजलकार प्राञ्जलले आफ्ना एक दर्जनभन्दा बढी गजल वाचन गरेका थिए । कार्यक्रममा नयाँ बर्षको शुभकामना आदानप्रदानसँगै नौं जना युवा गजलकारहरू अनुप जोशी, जीवन काश्यप, बुद्धि मोक्तान, दीप सागर “प्यासी”, जय गौडेल, रामशरण श्रेष्ठ, सुरेश सुवेदी, अनिरूप रसाइली र सुरेश नाचीजले गजल वाचन गरेका थिए ।
कार्यक्रममा वरिष्ठ साहित्यकारहरू प्राज्ञ ललिजन रावल, प्रकाश सायमी लगायतका साहित्यकारहरू, संगीतकारहरू तथा गायक गायिकाहरू सहित करिब छ दर्जनभन्दा बढी गजलप्रेमीहरूको उपस्थिती थियो ।
ravi pranjal