कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

नागार्जुन विशेष स्रष्टा सम्मान काइँला, भट्ट, चापागाईं र भट्टराईलाई

नागार्जुन साहित्यिक प्रतिष्ठानले यस वर्षको विशेष स्रष्टा सम्मानबाट विभिन्न चार वरिष्ठ साहित्यकारलाई सम्मान गर्ने भएको छ । प्रतिष्ठानले वैरागी काइँला, आनन्ददेव भट्ट, निनु चापागाईं र डा तुलसीप्रसाद भट्टराईलाई २०६२/०६३ को लोकतान्त्रिक आन्दोलनमा लोकतान्त्रिक स्रष्टाको संयुक्त मञ्चमार्फत निर्वाह गरेको योगदानको कदर गर्दै सम्मान गर्ने निर्णय गरेको प्रतिष्ठानका महासचिव यशोदा अधिकारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सम्मान चयनका लागि संस्थाका कार्यवाहक अध्यक्ष देवी नेपालको संयोजकत्वमा समिति बनाएइको थियो । सम्मान यही चैत २१ गते काठमाडौँमा प्रदान गरिनेछ । सोही कार्यक्रममा मिर्गाैला पीडित साहित्यकार दाहाल यज्ञनिधिलाई उपचार सहयोगार्थ साहित्यकार गोमा कटवाल -ढुङ्गाना)ले पचास हजार हस्तान्तण गर्नुहुने बताइएको छ ।

-