२५ चैत, काठमाडौं । निबन्धकार युवराज नयाँघरेको नियात्रा संग्रह ‘ह्वाइट हाउसको घामपानी’ को मंग्लबार राजधानीमा विमोचन भएको छ । प्रा.डा. अभि सुवेदीले कृतिको विमोचन गर्दै प्रवासी सन्दर्भका अत्यन्तै मसिना प्रसंगकै कारण यो कृति उच्चकोटीको रहेको बताए ।
‘ह्वाइट हाउसको घामपानी’ माथि समालोचक डा. ज्ञानु पाण्डेले ‘अमेरिकी समाजका ज्यादै घतलाग्दा र चोटिला विषयले यहाँ स्थान पाएको बताए । लेखक नयाँघरेले अमेरिका ठाउँभन्दा पनि पात्र र प्रवृत्तिले बढी स्पर्श गरेर यो पुस्तक तयार भएको कार्यक्रममा बताए ।
बिएन पुस्तक संसारबाट प्रकाशित ‘ह्वाइट हाउसको घामपानी’ मा ३६ वटा संस्मरण रहेका छन् । मदन पुरस्कार विजेता नयाँघरेका यसअघि १० वटा पुस्तकहरु आइसकेका छन् । निबन्ध र नियात्रा लेखनमा अग्रणी मानिएका नयाँघरेको अमेरिका बसाइका अनुभूतिहरु यस कृतिमा समाविष्ट छन् । सोही समारोहमा डा. सुवेदीले प्रकाशन गृहको मुखपत्र ‘पाण्डुलिपि’को पनि विमोचन गरेका छन् ।
निबन्धकार नयाँघरेको ‘ह्वाइट हाउसको घामपानी’ विमोचित
सम्प्रेषक - कृष्णपक्ष :
साहित्यसंसार डट कम

साहित्यसंसार
साहित्यसंसार डट कम अनलाइन साहित्यिक पत्रिका हो । नेपाली भाषा साहित्यमा भएका विविध गतिविधिहरूको जानकारी तथा साहित्यकारहरूका सिर्जनाहरू क्रमबद्ध रुपमा संकलन गर्ने इन्टरनेट थलोको रुपमा यसलाई लिन सक्नुहुन्छ । लेख, रचना तथा साहित्यिक समाचार पठाउन हाम्रो इमेल ठेगाना - info@sahityasansar.com
थप साहित्यिक गतिविधि