कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

नेपाल-बेल्जियम साहित्यिक आदान-प्रदान नयाँ ढङ्गले प्रस्तुत

बेल्जियमका नेपाली साहित्यकारहरूले नेपाल-बेल्जियम साहित्यिक आदान-प्रदानलाई नयाँ ढङ्गले प्रस्तुत गरेका छन् । ५ नेपाली कवि, करिब १३० बेल्जियन र ८ नेपाली कलाकारहरूले कवितात्मक, नृत्यात्मक र सँगीतमय रूपमा अर्थपूर्ण प्रस्तुति ‘गतिशील भावनाहरू’ गत शुक्रवार सम्पन्न भयो । नेपाली साहित्य र सँस्कृतिको यसप्रकारको अन्तरकृया, प्रवर्द्धन र प्रस्तुति युरोपको जनस्तरमा दुर्लभै हुने गर्छ ।

पाँच नेपाली कविहरू पंचम अधिकारी, दीपेन्द्र के.सी., दीपकज्योति पौडेल, माधव सापकोटा र डिल्ली अम्माईका पाँच नेपाली कविता डच भाषामा समेत उल्था थिए । आश्चर्य, आवेग, माया, निरास र आनन्द गरी पाँच प्रकारका रस (भावना) हरुमा लेखिएका कविताहरूको पाँचै विषयवस्तुमा आधारित रही कलाकारहरूले नृत्य र सँगीतमार्फत अभिव्यक्त गरेका थिए | ५०० क्षमताको कार्यक्रम हल स्थानीय दर्शकहरूले खचाखच भरिएको थियो । यहाँको लुभेन नगरपालिकाको अयोजना र बेल्जियमबासी नेपालीहरूको सँस्था साँग्रीला समाजको सहयोगमा कार्यक्रम सम्पन्न भएको हो ।

belgium