सुर्य चन्द अबुधाबी युएई
गत शुक्रबार अन्तरास्ट्रिय नेपाली कलाकार समाज (अनेकस)युएईले युएईको अल ऐन शहरमा एक बृहत सांगीतिक महोत्सवको साथमा ऐतिहासिक गजल संग्रह प्रवासका अक्षरहरूको बिमोचन र नयाँ बर्ष धमाकाको कार्यक्रम सम्पन्न गर्यो साथमा गोपी कृष्ण पंगेनीको “म त परदेशी” नामक गीति एल्बमको पनि बिमोचन कार्य सम्पन्न गरिएको थियो।
नेपाली दुताबास युएईका राजदुत महामहिम धनन्जय झाको प्रमुख अतिथ्य तथा बिशेस अतिथिमा नेपाली कलाकार समाज ग्लोबल कमिटीका अध्यक्ष नेदरल्याण्डका पुष्प बरुवाल तथा अतिथिमा एनआरएनए एनसीसी युएईका अध्यक्ष कृष्ण भुसाल तथा अन्य समाजसेबीहरु, पत्रकारहरु रहनु भएको थियो भने कार्यक्रमको सभापतित्व अन्तरास्ट्रिय नेपाली कलाकार समाज (अनेकस) युएईका अध्यक्ष मोहराज शर्माले गर्नु भएको थियो।
महामहिम धनन्जय झाले पानसमा बत्ति बालेर सुरु गर्नु भएको औपचारिक कार्यक्रम राष्ट्रिय गानबाट सुरु भएको थियो । त्यसको लगत्तै प्रमुख अतिथि तथा बिसेष अतिथिको हातबाट ऐतिहासिक गजल संग्रह ूप्रवासका अक्षरहरूूको बिमोचन कार्य सम्पन्न गरिएको थियो भने युएईमा रहनु भएका गजलकार हरु लाई सम्मानपत्र का साथमा सम्मान पनि गरिएको थियो।
सोहि कार्यक्रममा बोल्दै कार्यक्रमका बिशेस अतिथि नेपाली कलाकार समाज ग्लोबल कमिटीका अध्यक्ष पुष्प बरुवालले कार्यक्रम भव्य र सभ्य रुपमा आयोजना भएको यस कार्यक्रम मा आफु पनि सहभागी हुन पाउदा खुसि लागेको र यदि कोहि कसै संग कुनै पनि प्रतिभा छ भने त्यो प्रतिभालाई उचित ठाउँ दिने कुरा को जानकारी दिनु भयो। उहाँले संस्थाको गतिविधि, उद्देश्य र कलाकारको हक हित र उत्थानको लागि संस्थाले गरेको कार्यबारे पनि स्पष्ट पार्नु भएको थियो साथै प्रवासका अक्षरहरू यो आफैमा एउटा ठुलो र बृहत कृति रहेको भन्दै यस गजल संग्रहको बारेमा जानकारी गराउनु भएको थियो औपचारिक कार्यक्रम को संचालन जे। सागरले गर्नु भएको थियो।
युएई का चर्चित तथा ख्याति प्राप्त कलाकारहरुको झमघट भएको बृहत सास्कृतिक महोत्सवमा सबैले आफ्नो आफ्नो कला प्रस्तुत गरेका थिए। कुवेत बाट आएका अतिथि कलकार बि बि मल्लले सबैलाई नचाउन सफल भएका थिए भने त्यसै गरि स्थानीय कलाकारहरु रेखा घिमिरे, गोपी कृष्ण पंगेनी, भावना ढकाल, दिपक गुरुङ साथै अन्य कलाकार हरुले आ आफ्नो प्रस्तुति प्रस्तुत गर्दा सम्पूर्ण उपस्थित दर्शक हरुले नाच्दै गाउदै उफ्रदै गर्दा पुरा हल नै गुञ्जयमान भएको थियो । सांगीतिक महोत्सव को संचालन मोडल तथा कलाकार आसिश पुरुष र दिपिका ज्ञवाली ले संयुक्त रुपमा गर्नु भएको थियो ।
अनेकस नेपाली कलाकार समाज युएईद्वारा प्रवासका अक्षरहरूको बिमोचन
सम्प्रेषक - कृष्णपक्ष :
साहित्यसंसार डट कम

साहित्यसंसार
साहित्यसंसार डट कम अनलाइन साहित्यिक पत्रिका हो । नेपाली भाषा साहित्यमा भएका विविध गतिविधिहरूको जानकारी तथा साहित्यकारहरूका सिर्जनाहरू क्रमबद्ध रुपमा संकलन गर्ने इन्टरनेट थलोको रुपमा यसलाई लिन सक्नुहुन्छ । लेख, रचना तथा साहित्यिक समाचार पठाउन हाम्रो इमेल ठेगाना - info@sahityasansar.com
थप साहित्यिक गतिविधि