कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

अन्तर्राष्ट्रिय बाङमय प्रतिष्ठान बेलायतको साहित्यिक कार्यक्रम सम्पन्न

लण्डनस्थित विल्बिच थेम्स हाउसको सभा हालमा अप्रिल १८ तारिक अन्तर्राष्ट्रिय नेपाली वांगमय प्रतिष्ठान बेलायतले एक साहित्यिक कार्यक्रमको आयोजना गर्यो। कार्यक्रममा नेपाली नयाँ वर्ष २०७१ को शुभकामना आदान प्रदान, पारिजात जयन्ती र संस्थाका उपाध्यक्ष किरण टि लिम्बुको कृतिको बिमोचन र लोक गायक बद्री पगेनीलाई स्वागत गरिएको थियो।
UK literature news

प्रतिष्ठानका अध्यक्ष विकल आचार्यको अध्यक्षतामा आयोजित कार्यक्रममा संस्थाका बोर्ड अफ ट्रष्टीका अध्यक्ष खगेन्द्र पाठकले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने संस्थाका उपाध्यक्ष गोपीकृष्ण प्रसाईले पारिजातको व्यक्तिव र कृतित्व माथि प्रकाश पार्नुभएको थियो। पानसमा दीप प्रज्वलन गरी पारिजातको तस्बीरमा उपस्थित सबैले फूलमाला चढाईएको थियो। संस्थाका अध्यक्ष बिकल चन्द्र आचार्यले खादा र मायाको चिनो दिएर लोकगायक बद्रि पगेनीलाई स्वागत गर्नुभएको थियो भने बोर्ड अफ ट्रष्टीका अध्यक्ष खगेन्द्र पाठकले फूलको बुके दिएर स्वागत गर्नुभयो। कार्यक्रममा गायक बद्री पगेनीले आफ्ना केही चर्चित गीतहरू गएर कार्यक्रममा उपस्थित सबैलाई आफ्नो देश, गाऊघरमै भएको आभास दिलाउदै सबैलाई छम छम नचाए।

कार्यक्रममा कवि तथा गजलकार किरण टि लिम्बुको भावनाका आँकुरा (गजल संग्रह) र भावनाका फुलहरू (सिडी)को बिमोचन अध्यक्ष बोर्ड अफ ट्रष्टी र लोक गायकको बाहुलीबाट गरियो।

संस्थाका कानून सल्लाहकार दिपक भट्टराईले साहित्यिक कार्यक्रममा भइरहंदा परदेशमा अपनत्वको भावना विकास हुने र नेपाली भाषाको जगेर्न गर्न सक्ने उच्च विचार व्यक्त गर्नुका साथै शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रममा नेपाल पत्रकार संघका उपाध्यक्ष धर्मराज अधिकारी को पनि उपस्थित थियो।

दोश्रो चरणमा संचालित कवि गोष्ठीमा निरज मास्के, मन्जु भण्डारी, सन्तोष खनाल, प्रमोद टण्डन, खगेन्द्र पाठक, सुमलकुमार गुरुङ गोकुल खड्का, राजीव रेग्मी, किरण टि लिम्बु, लिला गुरुङ र गोपीकृष्ण प्रसाई,जयालक्ष्मी राईले कविता वाचन गरेका थिए।

पहिलो चरणको जयालक्ष्मी राइले र दोश्रो चरणको कार्यकम गोपीकृष्ण प्रसाईद्वारा संचालित उक्त कार्यक्रम अपरान्ह दुई बजेबाट सुरु भएर ६ बजेसम्म रोचकताका साथ संचालन भएको थियो।

सभाध्यक्षले सस्थाले गत वर्ष गरेको साहित्यिक गतिवधिको प्रगति बारे जानकारी र अगामी कार्यक्रको योजनाको बारेमा जानकारी दिदै उपस्थित सबैलाई धन्यवाद ज्ञापन गरेर कार्यक्रम समापन भएको थियो।