कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

समाश्रीको कविता संग्रह 'वंशलोचन'को विमोचन

२०७१ बैशाख १३ गते शनिबार काठमाण्डौको तीनकुनेस्थित होटेल नेसनल भिजनमा युवा कवि समाश्रीका प्रतिनीधि कविताहरूको सङ्ग्रह “वंशलोचन” काव्य कृति विमोचन गरिएको छ । कृतिको विमोचन नेपाली साहित्यका बरिष्ठ कवि तुलसी दिवसले गर्नुभएको थियो ।

कवि श्रवण मुकारुङ, गजलकार तथा समीक्षक ललिजन रावल,प्राध्यापक डा .रामबिक्रम सिजापति र समालोचक गीता त्रिपाठी लगायतका साहित्यिक व्यक्तित्वहरूको उपस्थितिरहेको सो विमोचन समारोह आवरण.कमको आयोजना र जलसा नेपालको संयोजनमा सम्पन्न भएको थियो भने समाश्रीको काव्यकृतिमाथि कवि रमेश पौडेल,कृतिका प्रकाशक सञ्जय राउत,साहित्यकार विपुल सिजापति,आनन्द श्रेष्ठ कवयित्रीकी सुपुत्री डा.सुजना राउतले आआफ्नो धारणा राख्नु भाको थियो ।

समाश्रीको काव्यकृतिमाथि कवि रमेश पौडेल,कृतिका प्रकाशक सञ्जय राउत,साहित्यकार विपुल सिजापति,आनन्द श्रेष्ठ कवयित्रीकी सुपुत्री डा.सुजना राउतले आआफ्नो धारणा राख्नु भाको थियो । कार्यक्रम संचालन आनन्द श्रेष्ठले गर्नु भएको थियो ।
काठमाण्डौ स्थायी घर भई हाल इजरायलमा कार्यरत कवयित्री समाश्रीको काव्य कृति "वंशलोचन"मा कुल ४६ वटा प्रतिनीधि कविताहरू संग्रहित छन । तस्वीर : उद्धव तामाङ