कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

इजरायलमा भानुभक्त द्विशतबार्षिकी जन्मजयन्तीको तयारी अन्तिम चरणमा

भानुभक्त द्विशाताबार्षिकी इज़रायलमा भव्यताका साथ् मनाउने तयारी अन्तिम चरणमा पुगेको छ । वाङ्ग्मय नेपाली आकाशमा महत्वपूर्ण योगदान पुर्याउनु हुने आदिकवि भानुभक्त आचार्यको जन्मोत्सव स्वदेशमा मात्र नभएर परदेशमा छरिएर रहेका नेपाली साहित्यिक मनहरुले पनि मनाउने गर्छन् ।
यसै शिलशिलामा इज़रायलमा भगवती बस्नेतको संयोजकत्वमा भानुभक्त द्विशाताबार्षिकी कार्य समिति गठन गरी भानुभक्तको दुई सयौं बर्षको जन्मजयन्ति यही जेठ १० गते तदानुसार २४ मे २०१४ शनिबार मनाउने तयारी भईरहेको छ । इज़रायलमा रहेका विभिन्न संघ संस्था, संचार क्षेत्र तथा इजरायलमा कार्यरत नेपाली दाजु भाइ तथा दिदी बहिनीहरुको उपस्थितिमा एक भव्य साहित्यिक कार्यक्रमका विच मनाउन लागिएको जानकारी गराइएको छ ।
सो कार्यक्रमकै सु-अवसर पारेर इज़रायलमा रहनुहुने सम्पूर्ण आत्मियमनहरुलाई एक अर्कासंग परिचय आदान प्रदान गर्दै आपसी सम्वन्ध अझ सुमधुर वनाउने उद्धेश्य सहित सानो पिकनिक कार्यक्रमको पनि आयोजना गरिएकोले उपस्थितीको लागि आयोजक कमिटीद्वारा अनुरोध गरिएको छ ।
कार्यक्रम निम्नानुसार रहेको छ ।

मिती : २४ मे २०१४
स्थान : पार्क लुमी (रमतगान)
समय : विहान १० बजे