कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

बेलायतमा २०० औं भानु जयन्तीको भव्य तयारी

लण्डन । ’आदिकवि भानुभक्त आचार्य द्वीशत्वार्षिकी समारोह समिति बेलायतले २०० औं भानु जयन्ती विविध रचनात्मक र ऐतिहासिक कार्यक्रमहरुसहित मनाउने भएको छ । भानु जयन्ती जुन ८ तारिक आइतबार दिउँसो १२ बजे देखि ४ बजेसम्म नेपाली राजदूताबास बेलायतको समारोह हलमा मनाइने छ । कार्यक्रममा बेलायतस्थित सम्पूर्ण साहित्यिक संस्थाहरुको सक्रिय सहभागिता रहेको कुरा अध्यक्ष सुरेशजंग शाहले बताउनु भयो ।

कार्यक्रममा आदिकवि भानुभक्त आचार्यको ऐतिहासिकता र उत्तर आधुनिक दौडमा झल्किने विशिष्ट महत्वका बारेमा अन्तरक्रिया गर्नुका साथै कवि गोष्ठी पनि हुनेछ । कार्यक्रमलाई व्यवस्थित र सहज रुपमा संचालन गर्न एवम द्विशात्बार्शिकी समारोहको गतिबिधि प्रकाशन गर्न आर्थिक संयोजन, स्मारिका प्रकाशन,समान खरिद र ब्यबस्थापन,अथिति सत्कार,प्रचार प्रसार जस्ता विभागहरु गठन गरी राजु थापा,सुरेशजंग शाह,कोमल मल्ल,खगेन्द्र पाठक अनि खगेन्द्र नेपालीलाई संयोजक तोकी समितिका सबै सदस्यहरुबीच कार्य विभाजन समेत गारिएको छ ।

त्यसैगरी यहि मे १८ तारिकका दिन बसेको कार्य समितिको बैठकले देहाय बमोजिम कार्य समितिमा थप सदस्यहरुको चयन पनि गरेको छ । समितिमा विश्वासदिप तिगेला, जितेन्द्र चेम्जोङ, मञ्जु भण्डारी, शशीथापा सुब्बा, शेरबहादुर इंगनाम र अजिता सिम्खडा रहेका छन् । नेपाली बांगमयको उत्थानको खातिर बेलायतमा रहेर हामीले आफ्ना आदिकविको महिमा,व्यक्तित्व र कृतित्वको बारेमा चर्चा गर्नुको अलवा बेलायतमा रहेका नेपाली नयां पुस्ताहरु माझ हाम्रा आदि कविलाई चिनाउनु र उनले देखाएको गोरेटोमा हिडाउनु पनि यस कार्यक्रमको लक्ष रहेको छ ।

नेपाली भाषा साहित्य र संस्कृतिको जगेर्ना गर्नको खातिर बिशिष्ट महत्वको पर्वमा बेलायतस्थित साहित्यकार,कलाकार,समाजसेवी, पत्रकार,व्यापार ब्यवसायी, साहित्यानुरागी,एवम विभिन्न संघ संस्थाका प्रतिनिधिज्यूहरु लगायत आम जन समुदायमा सहभागिताको लागि समारोह समितिद्वारा हार्दिक आव्हान गरिएको छ । साथै कविता वाचन गर्न चाहनु हुने कविज्यूहरुले आफ्नो नाम दर्ता गराउनु हुन समेत हार्दिक अनुरोध गरिएको छ ।