कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

पत्रकार चौधरीको नेन्धर विमोचन

९ जेठ, काठमाडौं । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य एवम् गोरखापत्र दैनिकमा कार्यरत पत्रकार लक्की चौधरीको नयाँ कृति ‘नेन्धर’ को विमोचन भएको छ । थारु समुदायको बैबाहिक संस्कारलाई झल्काउने ‘नेन्धर’ पुस्तकको विमोचन सभासद् तथा वरिष्ट साहित्कारहरुले गरेका छन् ।nenthar
संयुक्त पुस्तक विमोचन गर्नेहरुमा सभासद् तेजुलाल चौधरी (नेका), बैजनाथ चौधरी (एमाले), गोपाल दहित (थरुहट तराई पार्टी नेपाल), रुक्मिणी चौधरी (संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च थरुहट), वरिष्ट साहित्कारहरु ज्ञानुवाकर पौडेल, भुलाई चौधरी, महेश्वरप्रसाद चौधरी, रामलाल चौधरीले संयुक्त रुपमा पुस्तकको विमोचन गरेका हुन् ।
nenthar
विमोचन तथा सम्मान कार्यक्रममा लेखक कवि लक्की चौधरीलाई कार्यक्रमका विशेष अतिथी सभासद्हरुले बधाई तथा शुभकामना दिएका थिए । कवि चौधरीले थारु जातिको भाषा, संस्कृतिलाई जोगाउँदैं थारु संस्कृतिलाई पुस्तकमा उतार्ने काम गरेकोप्रति खुशी ब्यक्त गर्दै सभासद्हरुले आदिवासी जनजाति र थारु समुदायको सवालमा संविधानसभामा आफुहरुले महत्वपूर्ण भूमिका खेल्ने बताए ।

थारु पत्रकार संघको आयोजनामा गरीएको विमोचन तथा सम्मान कार्यक्रममा संघका अध्यक्ष समेत रहेका लक्की चौधरीलाई नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्यमा निर्वाचित भएकोमा सम्मान गरिएको थियो । चौधरी थारु समुदायबाट नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्यमा पुग्ने पहिलो थारु पत्रकार हुन् ।