कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

इज़रायलमा भानुभक्त द्विशतबार्षिकी साहित्यिक कार्यक्रम सम्पन्न

सुनिता राई
१० जेष्ठ २०७१ शनिबारका दिन इज़रायलमा भानुभक्त द्विशतवार्षिक साहित्यिक कार्यक्रम भव्यताका साथ् सम्पन्न भएको छ । र्इजरायलकेा तेल अभिवस्थित लुमी पार्कमा सम्पन्न उक्त कार्यक्रममा करिव नब्बे जनाको उपस्थिति रहेको थियो ।

पानी पोखरी नजिक मन लोभ्याउने फोहरा र निकै नै सुन्दर बगैंचा र हँसिलो मौसममा उक्त साहित्यिक कार्यक्रमका सभापति भगवती बस्नेतको सभापतित्व तथा इज़रायलका लागि नेपाली राजदुत प्रल्हाद कुमार प्रसाईं, उहाँकी धर्म पत्नी सिता प्रसाईं, नेपाली राजदुताबास उपनियोग प्रमुख खड्ग प्रसाद दाहाल सहसचिव रोशना खनाल साथै सुबास खरेल (अध्यक्ष एन आर एन) अमृता पौडेल (नेपालबाट इज़रायलमा एक महिने पत्रकार ट्रेनिंगको लागि आउनु भएकी, विशेष १८ वर्ष मुनिका बालबच्चाहरूको विभिन्न समस्या सेक्स वायोलेन्स सम्बन्धि) अतिथिरहनु भएको थिएा । कार्यक्रममा इज़रायलस्थित स्थापित विभिन्न संघ संस्थाका प्रतिनीधिहरू, स्वतन्त्र संचार क्षेत्रका संचारकर्मीहरू र नियमित कार्यरत नेपालीहरूको उपस्थितिरहेको थियो ।0

नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयको संयोजनमा नेपाली राष्ट्रिय बिभूति आदिकवि भानुभक्त द्धिविसतवार्षिक मूल समारोह समिति मार्फत सदस्यमा मनोनित हुनुभएकी श्रीमती भगवती बस्नेत इज़रायलका लागि साहित्यिक दुतका रुपमा उपस्थित हुनुहुन्थिएा । उहाँकै संयोजकत्वमा चैत्र ८ गते इज़रायलमा भएका साहित्यिक मनहरूकेा सहभागितामा इज़रायलमा भानुभक्त द्विशतवार्शिकी एक कार्य समितिको गठन गरिएकेा थिए ।


नेपाली राष्ट्रिय गानसँगै अघिबढेकेा साहित्यिक कार्यक्रमले सभापति तथा प्रमुख अतिथिद्वारा दीप प्रज्वलन तथा आदिकवि भानुभक्तमा माल्यार्पण साथै (Happy Birthday Bhanubhakta) लेखिएको केक काटी आदिकवि भानुभक्तलाई स्मरण गर्न पुग्दा साच्चै वातावरण नै साहित्यमय भएको महसुस हुन्थियो । भानुभक्त बारे छोटो तर निकै गहकिलो मिठो प्रसंसा प्रस्तुत गर्दै शमा श्रीले स्वागत मन्तव्य राख्नुभएको थियो ।


भानुभक्त बारे बोल्दै अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज इज़रायल च्याप्टरका अध्यक्ष कृष्णपक्षले भानुभक्तका तत्कालीन लेखन कालका अत्यन्त अप्ठ्यारा पानाहरू पल्टाउदै उहाँको साहित्यिक, भाषिक, योगदानको नेपाली साहित्यिक इतिहासले सम्झिरहने छ भन्दै गहन मन्तव्य प्रस्तुत गर्नुभयो र त्यस्तै गरी नेपाली राजदुताबास र्इजरायलका उपनियोग प्रमुख खड्ग प्रसाद दाहाल ( भानुभक्त कार्य समितिका विशेष सल्लाहकार)ले अत्यन्तै सुन्दर, सकारात्मक तथा नेपाली साहित्यिक अनुरागीहरूलाई समेट्दै अँझ उन्नत, प्रगततिर डोर्याउन अनुकरणीय सुझाबहरू दिनु भएको थियो ।


सुन्दर बगैंचा बीच स्वच्छ वातावरण र सोहार्द्रतापूर्ण शान्त साहित्यिक कार्यक्रमले साच्चै नेपाली साहित्यप्रेमीहरू नतमस्तक, मन्त्रमुग्ध देखिन्थे । भानुभक्त द्विशतबार्षिक साहित्यिक औपचारिक कार्यक्रमको उत्तरार्धमा इज़रायलका लागि नेपाली राजदुत प्रल्हाद कुमार प्रसाईले सम्पूर्ण पूर्व वक्ताहरूको सुन्दर, गहन, मननलाई मन्थन गर्दै अत्यन्तै उच्च अभिव्यक्तिदिनु भयो । भानुभक्त प्रथम नेपाली साहित्य लेखक होइनन तर उनको उत्कृष्टता, उच्चता लेखनका कारण उनले यो खिताब पाएका हुन् भन्दै उहाँ भौतिक रुपमा आज हामी माझ नरहे पनि साहित्यिक रुपमा सदा सदा अमर रहनु हुने छ हामी माझ भनी निकै सारथ विचार राख्नुभयो । कैयौं फुटकर कविता देखि महाकाव्यसम्मको लेखन महिमाको गान गर्दै भानुभक्तको साहित्य द्धारा नेपाली भाषा र नेपाली एकताको शंखघोष भएको अदितिया योगदानको खुलेर प्रसंसा गर्नुभयो । मन्तब्यकेा अन्तमा उहाले र्इजरायलमा कार्यरत साहित्यिक मनहरूले प्रकाशित गरेकेा पुस्तकबारे खुलेर प्रशँसा गर्नु हुदै साहित्यिक मनहरूले राेजगारीका बाबजुत पनि अाफ्नाे रचना सार्वजनिक गरिरहेकेा पाउदा साह्रै खुशी लागेकेा बताउदै कामका बाबजुद निकालिएका कृतिको उच्च मूल्याँकन हुनु पर्ने बताउनु भयो ।

भानुभक्त द्विशतवार्षिकी साहित्यिक कार्यक्रम दुई चरणमा विभाजित थियो । प्रथम चरणको औपचारिक कार्यक्रम भानुभक्त द्विशतवार्षिकी कार्य समितिका सचिव सुनिता राईले संचालन गर्नुभएको थियो भने दोस्रो चरणको अनौपचारिक कार्यक्रम कार्य समितिका उपाध्यक्ष लक्ष्मी अनुरागिले संचालन गर्नुभएको थियो । औपचारिक कार्यक्रममा भानुभक्त आचार्यमा समर्पित कविता निशा खनाल अर्याल (बिनेसासका सचिव)ले प्रस्तुत गर्नुभएको थियो भने अनौपचारिक कार्यक्रममा मिरा मन थापा, शुबद्रा भण्डारी लगायतका साहित्यिक मनहरूले कविता वचन गर्नुभएको थियो । र, कार्यक्रमको अन्त्यमा कार्यक्रमका सभापति श्रीमती भगवती बस्नेतले भानुभक्त आचार्य २ शयौं वर्ष स्मृति सफल पार्न प्रत्यक्ष तथा अप्रत्यक्ष सहयोग पुर्याउनु हुने सम्पूर्णमा र विशेष खानाको व्यबस्थापनमा खट्नु हुने लक्ष्मी अनुरागी (कार्य समितिका उपाध्यक्ष), खाना बनाउने स्थान प्रदान अग्र्नु हुने मधु खड्गा लगायत अहोरात्र खट्नु हुने सम्पूर्णमा आभार तथा धन्यवाद व्यक्त गर्नु हुँदै भानुभक्त द्धिविसतवार्षिकी कार्यक्रमको समापन गर्नुभयो ।