कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

जलसा नेपालको एकल गजल तथा स्रष्टा सम्मान

काठमाडौं । जलसा नेपालको आयोजनामा मिति २०७१ ज्येष्ठ ३ गते शनिबार राजधानीको तिनकुने स्थित होटल नेसनल भिजनमा एकल गजल तथा स्रष्टा सम्मान कार्यक्रम अन्तर्गतको छैटौ श्रिङ्ग्खला बरिष्ठ गजलकार तथा प्राज्ञ ललिजन रावलको प्रमुख आतिथ्यमा बिशेष अतिथि तथा एकल गजल वाचनका लागि आमन्त्रित कोमल भावमा शसक्त गजल प्रस्तुत गर्न माहिर अग्रज गजलकार करुण थापाको एकल गजल प्रस्तुत भएको थियो | कार्यक्रममा थापाका संगीत्बद्द गजलहरुको प्रसिद्द गायक तथा संगीतकार सचिन सिंहले एक तथा अर्का गायक तथा संगीतकार राज सागरले दुई गजल आ- आफ्नै संगीतमा एवं गायक सनुप पौडेलले संगीतकार काली प्रसाद बास्कोटाको संगीतमा एक गजल गरि जम्मा चार वटा गजल गायन गरिएको थियो |

त्यस्तै जलसाका संचालकहरुको समेत एउटा गजल गायन गरिदै आइरहेको परिप्रेक्ष्यमा यस पटक संचालिका नीता के सी को एउटा गजल अहिलेका चर्चित गजल गायक तथा संगीतकार केशव पौडेलद्वारा आफ्नै संगीतमा प्रस्तुत भएको थियो | कार्यक्रममामा गजलकार करुण थापाले झन्डै दर्जन जति मानव जीवनका बिबिध आयामलाई समेटेका अत्यन्त कोमल भावका लयबद्द आफ्ना सशक्त गजल वाचन गरेर कार्यक्रमलाई ज्यादै रोचक र मुग्ध बनाउनु भएको थियो | उक्त कार्यक्रममा गजलकार प्राध्यापक डा सनत कुमार वस्ती, चर्चित नियात्राकार प्रतीक ढकाल, बरिष्ठ संगीतकार न्यूह बज्राचार्य, चर्चित गायक तथा संगीतकार सचिन सिंह, अर्का चर्चित गायक तथा संगीतकार बालन्द राइ, गीतकार, मुक्ताक्कर, कलाकार तथा बरिष्ठ रेडियोकर्मी रमेश पौडेल, अर्का प्रसिद्द गीतकार तथा रेडियो कार्यक्रम संचालक राम अविरल, आजका चर्चित गीतकार बिष्णुबाबु देवकोटा लगायत झन्डै ८ दर्जन गन्यमान्य साहित्यिक व्यक्तित्वहरुको सघन उपस्थितिले कार्यक्रम निक्कै ओजपूर्ण भएको स्पष्ट महशुस हुन्थ्यो |
0
जलसाका संस्थापक संचालक कृष्ण बस्नेत "भाग्य" द्वारा संचालित उक्त कार्यक्रममा अर्का संचालक रमेश बिमानद्वारा स्वागत भाषण तथा बिपुल सिजापतिद्वारा धन्यवाद ज्ञापन गरि समापन गरिएको थियो | यसरि जलासको छैटौ श्रिङ्ग्खलाको समाप्तिसंगै एकल गजल वाचनको श्रिङ्ग्खलालाई केहि समयका लागि बिट मार्दै सातौ श्रिङ्ग्खला पूर्णतया सांगीतिक हुने जानकारी समेत कार्यक्रम संचालक कृष्ण बस्नेत "भाग्य" द्वारा गराइएको थियो भने कार्यक्रममा प्रमुख अतिथि ललिजन रावलबाट बिशिष्ठ अतिथि तथा एकल गजल वाचनका नायक गजलकार करुण थापालाई मायाँको चिनो प्रदान गराएर उक्त संस्थाले स्रष्टालाई सम्मान समेत गरेको थियो |