कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

डा.सत्यमोहन जोशीलाई पाँच लाख रुपियाँ सहित ‘शताब्दी पुरुष’को सम्मान

काठमाडौंं । त्रिमूर्ति निकेतनले नेपाली साहित्यका अमर प्राज्ञ डा.सत्यमोहन जोशीलाई पाँच लाख रुपियाँ राशिसहित ‘शताब्दी पुरुष’को सम्मान प्रदान गर्ने निर्णय गरेको छ ।


त्रिमूर्ति निकेतनका संस्थापक तथा अध्यक्ष श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा आज बसेको निकेतनको बैठकले सो निर्णय गरेको हो ।
निकेतनले प्रा.डा.उषा ठाकुरको अध्यक्षतामा सत्यमोहन जोशी शताब्दी महोत्सवको गठन गरिसकेको छ । गत वैशाख ३० गते जोशीको पञ्चानब्बेऔं शुभजन्मोत्सवका अवसरमा शताब्दी महोत्सवको आरम्भ गरिएको थियो ।

जोशीको शताब्दी महोत्सवका लागि देशदेशान्तरबाट अभिनन्दनपत्रहरू प्राप्त हुने भएका छन् । आगामी साउनमा उहाँलाई पाँच लाख रुपियाँ राशिसहित शताब्दी पुरुषको सम्मान प्रदान गरिने कार्यक्रम रहेको निकेतनका सदस्यसचिव नरेन्द्रराज प्रसाईले जानकारी दिनुभएको छ ।

0