कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

सुनीता कार्कीकृत ‘जानी नजानी’ लोकार्पण

बोधिसत्व स्वामी आनन्द अरुण, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की, नेपाली साहित्यका विश्व नारी रत्न डा.वानीरा गिरी र शताब्दी पुरुष डा.सत्यमोहन जोशीले शुक्रबार राजधानी काठमाडौंमा सुनीता कार्कीकृत ‘जानी नजानी’ कवितासङ्ग्रहको लोकार्पण गर्नुभयो ।

समारोहमा बोधिसत्व स्वामी आनन्द अरुण र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले सम्बोधन गर्नुभएको थियो । नइ प्रकाशनद्वारा आयोजित सो समारोहमा कवयित्री कार्कीले आफ्नो मन्तव्यका क्रममा तीन वटा कविता वाचन गर्नुभयो । उक्त समारोहमा प्रा.डा.उषा ठाकुरले श्रीमती कार्कीको कृतिमाथि समीक्षा गर्नु भएको थियो । सो कृतिको भूमिका प्रा.डा.वासुदेव त्रिपाठी र प्रा.डा. गार्गी शर्माले लेख्नु भएको छ ।

नइ प्रकाशनका अध्यक्ष इन्दिरा प्रसाईको सभापतित्वमा सञ्चालित सो समारोहमा नइ प्रकाशनका सदस्यसचिव नरेन्द्रराज प्रसाईले कवयित्री सुनीता कार्कीको लेखनयात्राको चर्चा गर्नुभयो ।

1

0