कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

अनेसासमा पदम विश्वकर्माको पूरै प्यानल निर्बिरोध

असार २३
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) निर्वाचन समिति २०१४ ले अनेसासको केन्द्रिय कार्यसमितिको अध्यक्ष पदका प्रत्यासी पदम विश्वकर्मा लगायत उनको सम्पूर्ण प्यानललाई २०१४ -२०१६ को कार्यकालको लागि निर्विरोध बिजयी घोषणा गरेको छ । निर्वाचन समितिले दिएको ईमेल जानकारी अनुसार मिति जुलाई ५, २०१४ मा बसेको बैठकले अनेसास निर्वाचनका क्रममा कुनै पदमा विधिसम्मत तरिकाले एक/एक जना बाहेक दुई वा सो भन्दा बढी उम्मेदवारको उम्मेदवारी नपरेको अवस्थमा अन्तिम नामावली प्रकाशनको सूचिमा प्रकाशित उम्मेदवारहरू नै तत् तत् पदमा स्वतः: बिजयी भएको घोषणा गर्ने सर्वसम्मत रूपमा गरेको निर्णय अनुसार नै अध्यक्ष पदमा पदम विश्वकर्मा लागायत उनको सम्पूर्ण प्यानललाई उम्मेद्वारी दिएको पदहरुमा विजयी घोषणा गरिएको छ ।

0

अध्यक्ष पदका अर्का प्रत्यासी कमला प्रसाईले दर्ता गराएको उम्मेद्द्वारीलाई निर्वाचन समितिले प्रसाईमाथि भएको पूर्व कारबाहीको कारण देखाउदै अयोग्य घोषणा गरेपछि अध्यक्ष लगायत अन्य सबै पदहरु निर्विरोध हुनपुगेका थिए । निर्बिरोध निर्वाचित हुने अन्य पदाधिकारीहरुमा राधेश्याम लेकाली-वरिष्ठ उपाध्यक्ष, राम खत्री-क्षेत्रीय उपाध्यक्ष (उत्तर अमेरिका/ल्याटिन अमेरिका), प्रकाश पौडेल "माइला"-क्षेत्रीय उपाध्यक्ष (एसिया), सुमल कुमार गुरूंग-क्षेत्रीय उपाध्यक्ष (युरोप), भीमसेन सापकोटा-क्षेत्रीय उपाध्यक्ष (अष्ट्रेलिया), गोवर्धन पूजा-महासचिव, प्रकाश नेपाल-सचिव, गीता पन्थ-कोषाध्यक्ष रहेका छन् ।