कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

२०० औं आदिकबि भानुभक्त जयन्ती ड्यालस,टेक्ससमा सम्पन्न

विकास राज न्यौपाने, टेक्सास, अमेरिका
अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) डल्लास टेक्सास को आयोजनामा 12th July 2014 शनिवारका दिन नेपाली समाज टेक्सासका हलमा २०० औं आदिकबि भानुभक्त जयन्ती मनाइयो।

झन्डै ५० - ६० कवि - कबियित्री भेला भएको उक्त गोष्ठीमा झन्डै २० जना कवि-कवयित्रीहरुले कविता सुनाउनु भएको थियो। अन्तराष्ट्रिय नेपाली साहित्य समाज डल्लासका अध्यक्ष बासु शर्मा सभापतित्वमा भएको उक्त कार्यक्रममा क्लब कै सदस्य कपिल अधिकारीले स्वागत तथा बाशु भण्डारी ले रोमान्चक उद्घोषण गर्नु भएको थियो।

डल्लास क्षेत्रमा स्वरकी धनी मानिएकी गायिका कवि शर्माको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा गैर आबशीय नेपाली सङ्घका केन्द्रीय कोषाध्यक्ष बेदराज बस्नेत ले अतिथि आसन ग्रहण गर्नुभएको थियो।
0
मुर्धन्य साहित्यकार बिप्लव प्रतीकको पनि उपस्थिति रहेको उक्त कार्यक्रममा NST अध्यक्ष भुवन आचार्य, निबर्तमान अध्यक्ष डा. प्रेम अधिकारी, प्रभात दिक्षित, नेपाली समाज टेक्सास का महासचिव विजयराज भट्टराई, इन्द्रेणी संस्कृतिक सङ्घ का अध्यक्ष नेत्र पाण्डे लगायत अन्य सङ्घ संस्था प्रतिनिधिहरूको पनि उपस्थिति रहेको थियो।

नमस्ते युएस सँग कुरा गर्दै कार्यक्रममा अन्तराष्ट्रिय नेपाली साहित्य समाज डल्लास टेक्सास का संस्थापक अध्यक्ष भीम कार्की ले अनेसासले हरेक वर्ष फड्को मार्दै गएको र आफूले कार्यक्रम पूर्ण सफल भएको महसुस गरेको बताउनुभयो ।