कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

सर्जकसंग एक साँझमा साहित्यकार र चलचित्रकर्मी

बोष्टन / अमेरिका । सिर्जना उत्सव बोष्टनले मङ्गलवार साहित्यकार तथा चलचित्रकर्मी बिच भेटघाट कार्यक्रम गरेको छ । अमेरिका भ्रमणका क्रममा बोष्टन आइपुगेका साहित्यकार डा. खगेन्द्रप्रसाद लुइँटेल र नयनराज पाण्डेका साथमा चलचित्रकर्मी राजेन्द्र केसीले साहित्य र चलचित्रका बारेमा चर्चा गरे । कार्यक्रममा डा. लुइटेलले अमेरिकामा नेपाली साहित्यका बारेमा बोल्दै नेपाली साहित्यका अमेरिका कुरा भित्र्याउन आग्रह गरे । उनले भने - अब साहित्यका माध्यमले यताका कुरा उताकालाई बाड्नु पर्छ ।

कार्यक्रममा नयनराज पाण्डेले आफ्नो लेखन यात्राका बारेमा जानकारी गराउदै नेपाली साहित्यमा आख्यान विधाको अवस्था बारे जानकारी गराए । कार्यक्रममा उनले छोटा कविताले पार्ने प्रभाव बारे बोल्दै आफ्ना केही कविता सुनाए ।

चलचित्र विकास बोर्डका सदस्य राजेन्द्र केसीले विदेशमा नेपाली चलचित्रको बजार सम्भाव्यताको खोजी भैरहेको बताउदै अमेरिकामा पनि राम्रो सम्भावना देखेको बताए ।

साहित्यकार दीपा राई पुनको संयोजनमा भएको उक्त कार्यक्रममा दिनेशराज भण्डारी, गोवर्धन पूजा, अनु शाहा, धनबहादुर लेप्चा, ममता कार्मचार्य, ज्ञानप्रकाश शर्मा, बिष्णुमाया परियार , दीपा राई पुन, प्रदीप थापालगायतले सिर्जना वाचन तथा मन्तव्य व्यक्त गरे ।

0