कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

टेक्सास ड्यालसमा श्री ओमविक्रम विष्ट साँझ सम्पन्न

विकास राज न्यौपाने, अमेरिका
अन्तरास्ट्रिय नेपाली साहित्य समाज ड्यालस च्याप्टरको अगुवाईमा एउटा अन्तरङ्ग एकल साङ्गीतिक साँझको आयोजना गत जुलाई १९ मा टेक्सासको ड्यालसमा गरियो। त्यस रमाइलो सन्ध्यामा नेपाली आधुनिक सङ्गीतका नक्षत्र मध्ये एक श्री ओमविक्रम विष्टलाई ड्यालसका नेपाली सङ्गीत प्रेमीहरुले सुन्ने र उहाँलाई अझै नजीकबाट चिन्ने प्रयास गरे ।

तीन दशक भन्दा लामो सिर्जनाको यात्रामा अबिराम समर्पित एउटा सार्थक आवाज जो नेपाली आधुनिक सङ्गीतका लागि आगत पिढीलाई आमन्त्रित गर्ने एक उत्प्रेरक गायक पनि हुनुहुन्छ। यस्तो गायकलाई समाज सामु प्रस्तुत गरेर धेरै गुन कमाएको सुनाए उपस्थित साहित्यानुरागीहरुले । त्यो साँझ एउटा अभूतपुर्ब साँझ बन्यो ड्यालसमा।

कार्यक्रम का परिकल्पनाकार तथा श्री ओमविक्रम विष्ट लाई झन्डै ४० वर्ष देखि चिन्दै आउनु भएका काब्य शिल्पी विप्लब प्रतीक ले आयोजक का तर्फबाट कार्यक्रम का बारेमा प्रस्ट पार्नु भयो। साँझ ८:४५ बजे सुरु भएको कार्यक्रम राती १२ बजे सम्म चलेको थियो।
0
कार्यक्रम अनेसासका तर्फबाट भीम कार्की, अन्जन श्रेष्ठ, बेदराज बस्नेत तथा रबिन भण्डारीले श्री विष्टलाई पुष्प गुच्छा तथा अध्यक्ष बाशु शर्मा अभिनन्दन पत्र प्रदान गर्नुभयो। कार्यक्रममा श्री विष्टले ४ वटा गीतहरू लाइभ म्युजिकमा तथा अन्य १० -१२ वटा गीतहरू ट्रयाकमा गाउनु भएको थियो।

ड्यालस को अर्भिन्ग स्थित नेपाली 'रमाइलो रेस्टुरेन्ट' मा आयोजना गरिएको उक्त कार्यक्रममा १०० जना भन्दा बढी सहभागी रहेको अनेसासका केन्द्रीय सचिव बेदु बस्नेतले बताउनुभयो ।